२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

युरोप, अमेरिका, जापान, कोरिया, इजरायलमा रोजगारी दिने भन्दै ठगी बढ्यो : श्रम मन्त्रालय

२०८१, २४ बैशाख सोमबार ११:३८

बैशाख २४, काठमाडौँ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले युरोप, अमेरिका, जापान, कोरिया, इजरायल लगायतका देशहरुमा वैदेशिक रोजगारीको अवसर भन्दै ठगी बढेको भन्दै सचेत गराएको छ । सोमबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले यस्ता मुलुकहरुमा वैदेशिक रोजगारी पठाउने भन्दै ढ्दै गइरहेको ठगी सम्बन्धमा गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।

वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र व्यवस्थित गराउन आवश्यक नीतिगत, कानून एवम् संस्थागत प्रवन्ध गरी यस क्षेत्रमा हुने ठगी नियन्त्रण गर्न सरकारले अधिकतम प्रयास गरिरहेको मन्त्रालयले बताएको छ । यसका लागि आम सरोकारवालाहरुको उत्तिकै सक्रियता आवश्यक हुने मन्त्रालयले जनाएको छ ।


वैदेशिक रोजगार ऐन, २०६४ को दफा ४३ वमोजिम कुनै पनि व्यक्ति वा संस्थाले इजाजतपत्र नलिई वैदेशिक रोजगार व्यवसाय सञ्चालन गरेमा वा कसैलाई वैदेशिक रोजगारमा लगाईदिन्छु भनी झुट्टो आश्वासन दिई वा प्रलोभन देखाई कुनै रकम लिएमा वा विदेश पठाएमा त्यसरी लिएको रकम र सोको पचास प्रतिशतले हुने रकम हर्जनावापत असूल गरी त्यस्तो व्यक्तिलाई विदेश जान र आउन लागेको खर्च समेत भराई निजलाई तीन लाख रुपैयाँदेखि पाँच लाख रुपैयाँसम्म जरिवाना र तीन वर्षदेखि सात वर्षसम्म कैद सजाय हुने कानूनी व्यवस्था छ ।

मन्त्रालयले यस विपरीत वैदेशिक रोजगारीमा जान इच्छुक नेपाली नागरिकहरुलाई आकर्षक रोजगारीको प्रलोभन देखाउने, युरोप, अमेरिका, जापान, कोरिया, इजरायल लगायतका देशहरुमा रोजगारीको अवसर छ भनेर सामाजिक सञ्जालहरुमा भ्रामक सूचना प्रेषित गर्ने र आम नागरिकमा भ्रम सिर्जना गरी आर्थिक रुपमा ठगी गर्ने गरेको समेत पाइएको मन्त्रालयले बताएको छ । यस्ता गैरकानूनी कार्य नियन्त्रण गर्न मन्त्रालय, अन्तर्गतका निकाय तथा सरकारका अन्य नियमनकारी निकायहरु प्रतिवद्ध रहेको मन्त्रालयको दाबी छ ।

मन्त्रालयले सरकार सरकारवीच सम्झौता भई कार्यान्वयनमा रहेको जिटुजी प्रणाली, इजाजतप्राप्त संस्थाबाट आधिकारिक र कानूनी प्रक्रिया पुरा गरी वैदेशिक रोजगारीमा जाने÷पठाउने प्रणाली र व्यक्तिगत प्रयासमा सम्बन्धित देशको रोजगारदातासँग श्रम सम्झौता तथा भिसा प्राप्त गरी श्रम स्वीकृति लिएर जाने प्रणाली विद्यमान रहेको मन्त्रालयले विज्ञप्तिमा उल्लेख छ ।

‘वैदेशिक रोजगारीका क्रममा हुन सक्ने ठगीबाट बच्न वैदेशिक रोजगारीमा जाने प्रक्रिया शुरु गर्नु अगाडि इजाजतपत्र प्राप्त संस्था मार्फत प्रक्रिया अगाडि वबढाउनुहुन, कुनै पनि संस्था इजाजतपत्र प्राप्त हो वा होइन र वैदेशिक रोजगारको लागि पूर्व स्वीकृति लिएको छ वा छैन भनि वैदेशिक रोजगार विभागको वेवसाइटमार्फत एकीन गर्नुहुन, कोही कसैको प्रलोभनमा परी विना प्रमाण तोकिएको शुल्क भन्दा बढी रकम नदिनुहुन, वैदेशिक रोजगारी प्रयोजनका लागि तोकिएको सेवा शुल्क संस्थाको बैंक खातामार्फत मात्र बुझाउनुहुन समेत सूचित गरिन्छ,’ मन्त्रालयले भनेको छ ।

यसबारेका आवश्यक सूचना, जानकारी, गुनासो एवम् उजुरीका लागि श्रमाधान कल सेन्टर मार्फत वा प्रत्यक्ष रुपमा मन्त्रालय वा मन्त्रालय अन्तर्गतका निकायमा सम्पर्क गर्न भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह