१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

युरोप, अमेरिका, जापान, कोरिया, इजरायलमा रोजगारी दिने भन्दै ठगी बढ्यो : श्रम मन्त्रालय

२४ बैशाख २०८१, सोमबार ११:३८

बैशाख २४, काठमाडौँ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले युरोप, अमेरिका, जापान, कोरिया, इजरायल लगायतका देशहरुमा वैदेशिक रोजगारीको अवसर भन्दै ठगी बढेको भन्दै सचेत गराएको छ । सोमबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले यस्ता मुलुकहरुमा वैदेशिक रोजगारी पठाउने भन्दै ढ्दै गइरहेको ठगी सम्बन्धमा गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।

वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र व्यवस्थित गराउन आवश्यक नीतिगत, कानून एवम् संस्थागत प्रवन्ध गरी यस क्षेत्रमा हुने ठगी नियन्त्रण गर्न सरकारले अधिकतम प्रयास गरिरहेको मन्त्रालयले बताएको छ । यसका लागि आम सरोकारवालाहरुको उत्तिकै सक्रियता आवश्यक हुने मन्त्रालयले जनाएको छ ।


वैदेशिक रोजगार ऐन, २०६४ को दफा ४३ वमोजिम कुनै पनि व्यक्ति वा संस्थाले इजाजतपत्र नलिई वैदेशिक रोजगार व्यवसाय सञ्चालन गरेमा वा कसैलाई वैदेशिक रोजगारमा लगाईदिन्छु भनी झुट्टो आश्वासन दिई वा प्रलोभन देखाई कुनै रकम लिएमा वा विदेश पठाएमा त्यसरी लिएको रकम र सोको पचास प्रतिशतले हुने रकम हर्जनावापत असूल गरी त्यस्तो व्यक्तिलाई विदेश जान र आउन लागेको खर्च समेत भराई निजलाई तीन लाख रुपैयाँदेखि पाँच लाख रुपैयाँसम्म जरिवाना र तीन वर्षदेखि सात वर्षसम्म कैद सजाय हुने कानूनी व्यवस्था छ ।

मन्त्रालयले यस विपरीत वैदेशिक रोजगारीमा जान इच्छुक नेपाली नागरिकहरुलाई आकर्षक रोजगारीको प्रलोभन देखाउने, युरोप, अमेरिका, जापान, कोरिया, इजरायल लगायतका देशहरुमा रोजगारीको अवसर छ भनेर सामाजिक सञ्जालहरुमा भ्रामक सूचना प्रेषित गर्ने र आम नागरिकमा भ्रम सिर्जना गरी आर्थिक रुपमा ठगी गर्ने गरेको समेत पाइएको मन्त्रालयले बताएको छ । यस्ता गैरकानूनी कार्य नियन्त्रण गर्न मन्त्रालय, अन्तर्गतका निकाय तथा सरकारका अन्य नियमनकारी निकायहरु प्रतिवद्ध रहेको मन्त्रालयको दाबी छ ।

मन्त्रालयले सरकार सरकारवीच सम्झौता भई कार्यान्वयनमा रहेको जिटुजी प्रणाली, इजाजतप्राप्त संस्थाबाट आधिकारिक र कानूनी प्रक्रिया पुरा गरी वैदेशिक रोजगारीमा जाने÷पठाउने प्रणाली र व्यक्तिगत प्रयासमा सम्बन्धित देशको रोजगारदातासँग श्रम सम्झौता तथा भिसा प्राप्त गरी श्रम स्वीकृति लिएर जाने प्रणाली विद्यमान रहेको मन्त्रालयले विज्ञप्तिमा उल्लेख छ ।

‘वैदेशिक रोजगारीका क्रममा हुन सक्ने ठगीबाट बच्न वैदेशिक रोजगारीमा जाने प्रक्रिया शुरु गर्नु अगाडि इजाजतपत्र प्राप्त संस्था मार्फत प्रक्रिया अगाडि वबढाउनुहुन, कुनै पनि संस्था इजाजतपत्र प्राप्त हो वा होइन र वैदेशिक रोजगारको लागि पूर्व स्वीकृति लिएको छ वा छैन भनि वैदेशिक रोजगार विभागको वेवसाइटमार्फत एकीन गर्नुहुन, कोही कसैको प्रलोभनमा परी विना प्रमाण तोकिएको शुल्क भन्दा बढी रकम नदिनुहुन, वैदेशिक रोजगारी प्रयोजनका लागि तोकिएको सेवा शुल्क संस्थाको बैंक खातामार्फत मात्र बुझाउनुहुन समेत सूचित गरिन्छ,’ मन्त्रालयले भनेको छ ।

यसबारेका आवश्यक सूचना, जानकारी, गुनासो एवम् उजुरीका लागि श्रमाधान कल सेन्टर मार्फत वा प्रत्यक्ष रुपमा मन्त्रालय वा मन्त्रालय अन्तर्गतका निकायमा सम्पर्क गर्न भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट