2026-07-29 06:24 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

सलमान निवासबाहिर गोली चलाएको प्रकरणः थप एक व्यक्ति पक्राउ

बैशाख २५,  काठमाडौँ । बलिउड अभिनेता सलमान खानको निवासबाहिर गोली चलाएको घटनामा संग्लग्न भएको आरोपमा भारतीय प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ ।

उनको घर रहेको ग्यालेक्सी अपार्टमेन्ट बाहिर गोली चलाएको आरोपमा मोहम्मद रफिक चौधरी पक्राउ परेका हुन् ।

मुम्बई क्राइम ब्रान्चको टोलीले मंगलबार राजस्थानबाट मोहम्मद रफिक चौधरीलाई पक्राउ गरेको हो । 

उनलाई मुम्बई ल्याएर फोर्ट कोर्टमा पेश गर्ने तयारी गरिएको प्रहरीको भनाइ उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

चौधरीमाथि यस प्रकरणमा पक्राउ परेका दुई सूटर सागर पाल र विक्की गुप्तालाई पैसा उठाउन र सलमानको घरको रेकी गर्न सहयोग गरेको आरोप छ ।

अप्रिल १४ मा मुम्बईको बान्द्रास्थित सलमानको निवासअगाडि बिहान ५ बजे गोली चलाइएको थियो । दुईवटा मोटरसाइकलमा आएका आक्रमणकारीले ४ राउण्ड फायर गरेका थिए । घटना हुँदा सलमान आफ्नै घरमा थिए ।

यसैबीच गत बुधबार गोली चलाउनेलाई हतियार दिएको आरोप लागेका अनुज थापनले हिरासतमै आत्महत्या गरेका छन् ।

अभियुक्तले मुम्बई प्रहरी मुख्यालयको शौचालयमा एउटा पानासँग झुण्डिएर आत्महत्या गरेको दाबी छ । यस घटनाबारे पनि अनुसन्धान भइरहेको प्रहरीले जनाइएको छ । 

घटनामा संलग्न अनुज र सुभाष चन्द्रलाई प्रहरीले अप्रिल २५ मा पक्राउ गरेको थियो । दुवैले धेरै वर्षदेखि मुख्य अभियुक्त लरेन्स बिश्नोईसँग काम गरिरहेको प्रहरीको दाबी छ । दुवैले यो घटनाका लागि हतियार उपलब्ध गराएको दाबीमा उल्लेख छ ।

सलमान विवादित अभिनेतामा पर्छन् । उनीमाथि कालो हरिणको शिकार गरेको तथा लापरबाहीपूर्व गाडी चलाएका सडक मानवलाई कुल्चिएर हत्या गरेको आरोप छ । यो प्रकरणमा उनी जेल पनि गइसकेका छन् । पछि भने अदालतबाट सफाइ पाएका छन् ।

यस्तै बलिउडमा सलमानका प्रेम प्रकरणदेखि लिएर विभिन्न व्यक्तिसँग झगडा गरेकासम्म विवाद छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सेप्टिक ट्यांकीमा फसेर तीन जना मजदुरको मृत्यु सेयर बजार निरन्तर ओरालोतिर रास्वपाको केन्द्रीय समिति बैठक जारी नेदरल्यान्ड्सविरुद्ध नेपालले पहिले बलिङ गर्ने, सन्दीप र सोमपाल बाहिर हुण्डी कारोबारको आरोपमा एक जना पक्राउ ट्रकले ठक्कर दिँदा एक बालकसहित ३ जनाको मृत्यु देश सबैको हो, साम्प्रदायिक गतिविधिले सबैलाई घाटा हुन्छ: रवि लामिछाने पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई अस्पताल भर्ना सुनसरी घटना समाधानका लागि प्रधानमन्त्रीज्यू अत्यन्तै गम्भीर हुनुहुन्छ: अर्थमन्त्री वाग्ले धार्मिक सहिष्णुता र सामाजिक सद्भाव हाम्रो वर्षौदेखिको सम्पत्ति हो, यसलाई बचाउनुर्छ: गगन थापा सुनको मूल्य घट्यो, चाँदीको बढ्यो सुनसरी घटनाबारे छलफल गर्न सिंहदरबारमा सर्वदलीय बैठक सुरु चिकित्सकमाथि कुटपिट र अस्पताल तोडफोड गर्नेलाई कारबाही गर्न निर्देशन नेपालको लोकतान्त्रिक आन्दोलनमा गोपालमान श्रेष्ठले निभाउनु भएको भूमिका सधैं स्मरणीय रहनेछ: देउवा नेपाली कांग्रेसले बोलायो आकस्मिक केन्द्रीय समिति बैठक चिकित्सकको माग सम्बोधन गरी स्वास्थ्य सेवा सुचारु गर्न गगन थापाको आग्रह नेप्से परिसूचक सामान्य अङ्कले घट्यो त्रिविको प्रश्नपत्र चुहावट प्रकरणमा थप दुईजना पक्राउ मुग्लिन-नारायणगढ सडकखण्ड करिब चार घण्टापछि पुनः दुईतर्फी सञ्चालनमा सुर्खेतमा जीप दुर्घटना हुँदा चालकसहित १५ जना घाइते