२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सन्दीप लामिछानेको पक्षमा फैसला हुने सम्भावना कति ?

२०८१, २ जेष्ठ बुधबार ०७:४३

जेठ २, काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा उच्च अदालत पाटनमा सुनवाइ भईरहेको छ । हिजो दिनभरि दुवै पक्षका वकिलले बहस गरेपछि मुद्दा हेर्दाहेर्दैमा गएको थियो ।

आज फैसला सुनाउने गरी न्यायाधीशले दुवै पक्षलाई समय निर्धारण गरिदिएका छन् । स्रोतका अनुसार गौशाला २६ का वकिलहरूलाई जवाफी बहसका लागि डेढ घण्टा समय दिइएको छ । सन्दीपका वकिलहरूलाई एक घण्टा दिइएको भए पनि उनीहरूले डेढ घण्टाकै माग गरेका छन् ।

अदालतमा दुवै पक्षबाट पुनरावेदन परेको हुँदा दुवैका वकिलले जवाफी बहस गर्न पाउँछन् । जवाफी बहस सकिएपछि न्यायाधीशले फैसला गर्नेछन् । आज अपराह्नसम्ममा फैसला आइसक्ने अपेक्षा छ ।


न्यायाधीशद्वयले यो मुद्दामा मंगलवार नै वहस सक्नु पर्ने भन्दै वरिष्ठ अधिवक्ताहरूलाई समेत वहसमा समय निर्धारण गर्दै कडाइ गरे पनि वहस पूरा हुन सकेन ।

सरकारका तर्फबाट रत्नकेशरी महर्जन र उप-न्यायाधिवक्ता प्रकाश घिमिरेले वहस गरेका थिए । उनीहरूपछि लामिछानेका कानुन व्यवसायीहरू वरिष्ठ अधिवक्ता शम्भु थापा, रमण श्रेष्ठ, कृष्ण सापकोटा, मुरारी सापकोटा, सरोजकृष्ण घिमिरे, रामनारायण विडारी र रोशनी पौडेल लगायतले वहस गरेका थिए । लामिछाने निर्दोष भएको र उनले जबरजस्ती नभई सहमतिमै शारीरिक सम्बन्ध राखेको दावी उनीहरूको थियो ।

यसअघि जिल्ला अदालत काठमाडौंले लामिछानेले गौशाला २६ लाई बलात्कार गरेको मुद्दामा दोषी ठहर गर्दै आठ वर्ष कैद र जरिवानाको फैसला सुनाएको थियो । उक्त फैसलामा चित्त नबुझाउँदै सरकार र लामिछाने दुवै उच्च अदालत पाटन आएका थिए । उता, पीडित पक्षका तर्फबाट पनि किशोरी नाबालिग नै रहेको जिकिर गर्दै सन्दीपलाई अझ बढी सजाय हुनुपर्ने माग गरी पुनरावेदन परेको छ ।

यसैबीच, पीडित भनिएकी किशोरी घटना भएको समयमा नावालिग नरहेको तथा उनीहरुबीच सहमतिमै शारीरिक सम्बन्ध भएकाले पनि आज हुने फैसला सन्दीपको पक्षमा आउनु पर्ने कानूनका विद्यार्थीहरूको भनाइ छ ।

एलएलबी अध्ययनरत एक छात्रा भन्छिन् – ‘अदालतमा प्रमाणको रूपमा पेश भएको सीसीटीभी फुटेजमा दुबै जनालाई हाँसीखुसी होटलको कोठामा प्रवेश गरेको तथा अर्को दिन बिहान हाँसीखुसी नै बाहिरिएको देखिएको छ । उक्त फुटेजले त्यहाँ जे भयो, त्यो सहमतिमै भएको बुझ्न गार्हो पर्दैन । त्यसैले पनि हामीले सत्यकै पक्षमा फैसला आउला भन्ने अपेक्षा गरेका छौं ।’

त्यसो त, अदालतमा यसअघि भएका सुनुवाईहरुमा  गौशाला-२६ पक्षधरहरुले उनलाई इजलासमा वयानको क्रममा पटक-पटक रुन लगाइएको विषय पनि चर्चामा छ । यद्यपि, यो कुराको आधिकारिकता पुष्टि भएको छैन ।

त्यसो त कुनै पनि मुद्दाका पक्ष-विपक्षले आफ्नोतर्फमा फैसला होस् भन्ने उद्देश्यले बलिया प्रमाणहरू पेश गर्छन् नै, तर सन्दीप र गौशाला २६ को मुद्दामा सत्यको जीत हुँदै फैसला होस्‌‌ भन्ने अधिकांशको कामना छ ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह