२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

रुखमा तारले बाँधेर आगो लगाएको अवस्थामा फेला परेको शव सनाखत, दाँतबाट खुल्यो पहिचान

२०८१, २ जेष्ठ बुधबार ०८:०३

जेठ २, काठमाडौँ । एक साताअघि काभ्रेको पाँचखालको जंगलमा रुखमा तारले बाँधेर आगो लगाइ हत्या गरेको अवस्थामा फेला परेको शवको सनाखत भएको छ।

गएको शुक्रबार पाँचखाल नगरपालिका वडा नम्बर ४ जिरोकिलोमा सडकबाट करिब ५० मिटर तल बिराजे खोल्चा जंगलमा हत्या गरेको अवस्थामा एक पुरुषको शव फेला परेको थियो। 

अनुसन्धानका क्रममा सनाखत भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरीक्षक डीएस्पी राजकुमार श्रेष्ठले जानकारी दिए। मृतक दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर २ राम्पाका ५४ विष्णुप्रसाद सुवेदी हुन्। उनका आफन्तले आएर उनको सनाखत गरेका श्रेष्ठले बताए। 


गएको वैशाख २३ गते बिहान उनी ललितपुरको माहालक्ष्मी नगरपालिका ५ टिकाथललीस्थित घरबाट हिँडेपछि सम्पर्कविहीन दिए।  

आफन्तले धेरैतिर खोजतलास गर्दा पनि फेला पार्न नसकेपछि वैशाख २४ गते जिल्ला प्रहरी कार्यालय काभ्रेमा खोजतलासको लागि निवेदन दिएका थिए। 

मृतकका छोरा सुमन सुवेदीले शवको सनाखत गरेका हुन्। मृतक सुवेदीका माथिल्लो भागमा ३ वटा र तल्लो भागको दाँया पट्टि ४ वटा र बाँया पट्टि ५ वटा मात्रै दाँत थिए। सोही आधारमा सुमनले मृतक आफ्नो बुवा हुन् भनेर सनाखत गरेका प्रहरीले जनाएको छ।

मुख र छातीमा फलामको तारले रुखमा बाँधेर जलाएर हत्या गरिएको अवस्थामा उनको शव फेला परेको थियो। सडिसकेको शव चिन्न सक्ने अवस्थामा नहुँदा सनाखतमा समस्या भएको थियो।

उनको हत्या कसले र किन गर्यो खुल्न नसकेको प्रहरीले जनाएको छ। प्रहरीले यस घटनामा थप अनुसन्धान अघि बढाएको बताएको छ। मृतकका छोरा सुमनले शव बुझेर लगेका डीएसपी श्रेष्ठले बताए। 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह