१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

आफ्नै डेढ वर्षकी छोरीलाई पासो लगाउने आमा पक्राउ

२ जेष्ठ २०८१, बुधबार ०८:३५

जेठ २, काठमाडौँ । आफैंले जन्म दिएको सन्तानलाई सलले पासो लगाएर मार्न खोजेको आरोपमा रुकुम पश्चिममा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ।

आफ्नी डेढ वर्षकी छोरीलाई पासो लगाउने मुसिकोट नगरपालिका वडा नम्बर १४ लोरिबाङकी अन्दाजी २१ वर्षीया नन्द कली विष्टलाई प्रहरीले नियन्त्रणमा लिएको हो। 


जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक नवराज पोखरेलका अनुसार नन्दकलीले आफ्नी डेढ वर्षकी छोरी टीका ओलीलाई आफू सुत्ने कोठामा सलले झुन्ड्याएर भिडियो बनाएकी थिइन्। 

घटना जेठ १ गते बिहान साढे आठ बजेतिरको हो  नन्दकलीले नाबालक छोरीलाई पासो लगाइदिएर बनाएको भिडियो वैदेशिक रोजगारीको सिलसिलामा दुबईमा रहेका उनका श्रीमान्लाई पठाइन्। 

यस्तो भिडियो देखेपछि श्रीमान्ले विदेशबाट तुरुन्तै घरका अन्य सदस्य र छरछिमेकलाई खबर गरे। छिमेकीहरू तत्काल विष्टको घरमा पुगे र पासो लगाएकै अवस्थामा भेटाए। तुरुन्तै नाबालिकालाई उद्धार गरे। अहिले जिल्ला अस्पताल सल्लेमा नाबालिकाको उपचार भइरहेको छ। 

त्यस लगतै प्रहरीले नन्दकलीलाई नियन्त्रणमा लिएको छ। आवश्यक प्रक्रिया पुरा गरेर नन्द कली विरुद्ध आवश्यक कारबाही सुरु गर्ने प्रहरीको भनाई छ।

प्रहरीले अनुसन्धान सुरु गरेर घटनाको विस्तृत विवरण सार्वजनिक गर्ने जनाएको छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट