२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सन्दीपको मुद्दाको संक्षिप्त फैसला आजै आउने, पूर्णपाठ समय लाग्ने

२०८१, २ जेष्ठ बुधबार १०:३८

जेठ २, काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणीसम्बन्धी मुद्दाको बहस सकिएको छ । उच्च अदालत पाटनमा मंगलबारबाट सुरु भएको बहस बुधबार अपराह्नमा मैझारो गरिएको हो । 

मंगलबार न्यायाधीशद्धय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासमा बहस नसकिएपछि मुद्दा अन्तिम समयमा ‘हेर्दाहेर्दै ’राखिएको थियो । मंगलबार बाँकी रहेको बहस बुधबार निरन्तर भएको थियो । बुधबार सन्दीपका कानुन व्यवसायीले जवाफ दिएलगत्तै बहस सकिएको हो ।

बहस सकिएपछि न्यायाधीशहरू फैसलाको तयारीमा लागेका छन् । उनीहरू बहसका क्रममा उठेको काठमाडौँको होटलको सीसीटीभी फुटेज हेर्न थालेका छन् । सरकारी पक्षले लामिछाने र पीडित गौशाला २६ बस्ने भनी पुगेको होटलको सीसीटीभी फुटेज पनि पेस गरेको थियो । उक्त फुटेज हेरेपछि अदालतले फैसला लेख्ने छ । 

करिब ३ः३० सम्म बहस नै भएकाले उच्च अदालतले बुधबार नै फैसलाको पूर्णपाठ भने नदिने उच्च अदालत स्रोतले जनाएको छ। न्यायाधीशद्धयले केही संक्षिप्त फैसला लेखेर हाललाई दिने र विस्तृत पूर्णपाठ पछि सार्वजनिक गर्ने छन् । महत्त्वपूर्ण र सार्वजनिक चर्चा भएका मुद्दाहरूमा अदालतले यही अभ्यास गर्दै आएको छ । हाल ठहर खण्डको केही अंश लेखेर सार्वजनिक गर्ने अनि विस्तृत व्याख्या बिस्तारै गर्ने अभ्यास हुँदै आएको छ ।

सर्वोच्च र उच्चले विगतमा पनि यस्तै अभ्यास गरेका छन् । सन्दीपको हकमा पनि यही गर्ने तयारी छ । लामिछानेको मुद्दामा विस्तृत व्याख्या गर्न जिल्लाको फैसलादेखि बहसका क्रममा पेस भएका सबै नजिरहरूको अध्ययन र व्याख्या गर्नुपर्ने भएकाले हाललाई केही आधार र कारण उल्लेख गरेर संक्षिप्त फैसला सुनाइने छ । उच्चले सफाइ दिने आधार र कारण, ठहर गरेका त्यसको कारण खुलाउने छ ।  यदि जिल्लाको सदर गरेमा सदर हुने आधार र कारण खुलाउने छ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह