१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सुर्खेतमा गोली प्रहार प्रकरणका मुख्य अभियुक्त पक्राउ

४ जेष्ठ २०८१, शुक्रबार १०:४०

जेठ ४, काठमाडौं ।  सुर्खेत गोली प्रहार प्रकरणमा थप एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोलीकाण्डका मुख्य अभियुक्त सुर्खेतकै ३३ वर्षीय सन्तोष गिरी छन् ।

गिरीलाई बिहीबार भक्तपुर, सुर्यबिनायकबाट पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयकाले जानकारी दिए ।

गिरीमाथि २०८० फागुन १२ गते वीरेन्द्रनगर नगरपालिका १ गैरीचोक बस्ने विनोद गिरीमाथि गोली प्रहार गरेको आरोपमा ज्यान मार्ने उद्योग, हातहातियार खरखजना तथा संगठित अपराध कसुरमा मुद्दा दर्ता भएको थियो । त्यसपछि फरार रहेका उनलाई प्रहरीले सुर्यविनायकबाट पक्राउ गरेको हो । घटनामा संलग्न अझै एकजना फरार छन् ।

उक्त प्रकरणमा यसअघि ४ जना पक्राउ परिसकेका छन् । प्रहरीले कैलाली गौरीगंगा नगरपालिका–२ का १८ वर्षीय इन्द्र विक, सोही ठाउँक भरत भुल, भारतीय नागरिक १९ वर्षीय रोहित राजपूत र वीरेन्द्रनगर नगरपालिका–४ का ३७ वर्षीय राजन गिरीलाई पक्राउ गरिसकेको छ ।

पक्राउ परेकामध्ये भारतीय नागरिक रोहित राजपूत सुटरका रुपमा प्रयोग भएको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए