२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

माछा मर्ने क्रम नरोकिएपछि आँधीमूल मन्दिरमा क्षमापूजा

२०८१, ५ जेष्ठ शनिबार ०७:२९

जेठ ५, दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिका-१ स्थित आँधीमूल मन्दिर परिसरमा रहेका पोखरीका माछा मर्ने क्रम नरोकिएपछि क्षमापूजा गरिने भएको छ । गत सोमबारदेखि मन्दिर परिसरमा रहेका माछा धमाधम मर्न थालेपछि क्षमापूजाको तयारी गरिएको हो ।

आँधीमूल क्षेत्र संरक्षण समितिका अध्यक्ष हिमाल थापाको अध्यक्षतामा बसेको जनप्रतिनिधि र स्थानीयवासीको भेलाले सोमबार मन्दिर परिसरमा क्षमापूजा गर्ने निर्णय गरेको हो । मन्दिरमा परम्परागतरुपमा चली आएको रीतिरिवाजअनुसार बोका बलि दिइ क्षमापूजा गरिने उनले जानकारी दिए । यस ठाउँका सबै स्थानीयवासीको सहभागितामा क्षमापूजा गर्ने निर्णय भएको थापाले बताए । 

उनले भने, “मन्दिर परिसरमा रहेका थुप्रै माछा धमाधम मर्न थालेका छन् । माछा मरेपछि स्थानीय चिन्तित छन् । सोमबार सबैको सहभागितामा क्षमापूजा गर्दैछौँ ।” क्षमापूजाका लागि सबै वडावासीलाई न्यूनतम तीन सय सहयोग गरी पूजा सम्पन्न गर्नका लागि आह्वान गरिएको वडाध्यक्ष प्रेम गुरुङले बताए । शुक्रबार बसेको सरोकारवालाको भेलाले तत्कालिन समस्याको समाधान गरी आगामी कार्ययोजना बनाउन संयोजन तथा सुझावका लागि पूर्ववडा अध्यक्ष किसान थापाको संयोजकत्वमा सल्लाहकार समिति गठन गरेको छ ।

माछा मर्नुको कारण ‘एसिड डेथ’

यहाँ रहेको पोखरीका माछा मर्नुको कारण ‘एसिड डेथ’ रहेको पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला पोखराले जनाएको छ । गत सोमबारदेखि पोखरीमा रहेका हजारौँ माछा धमाधम मर्न थालेपछि गरिएको परीक्षणअनुसार पानीमा धेरै मात्रामा ‘इकोली’ नामक जीवाणु फेला परेको प्रयोगशालाले पुष्टि गरेको छ । पोखराबाट शुक्रबार प्राप्त पोष्टमार्टम रिपोर्टअनुसार पानीमा धेरै मात्रामा ‘इकोली’ नामक जीवाणु रहेको र प्रारम्भिक ‘एसिड डेथ’ भएको उल्लेख गरिएको गाउँपालिकाका पशु सेवा शाखा प्रमुख डा.सन्तोष देवकोटाले जानकारी दिए । 

उनले भने , “प्राविधिक टोली पुगी उक्त पोखरीको पानी, माछा र माछाका लागि खुवाइएको दानाको नमुना सङ्कलन गरेर पोखरा पठाइएको थियो । थप परीक्षणका लागि केन्द्रीय पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वर र विषादी परीक्षणका लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशाला ललितपुर पठाइएको छ ।” माछा मरेपछि दुई वटा पोखरी खाली भएका छन् भने केही बचेका माछालाई मुख्य मूलमा सारिएको थियो । दुई वटा पोखरीमा रहेका माछालाई संरक्षणका लागि मुख्य पोखरीमा सारिएको भन्दै मुख्य पोखरीका माछा पनि मर्न थालेका आँधीमूल मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह