२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

ताइवानको संसदमा भीषण झडप, सांसदहरुबीच हानाहान !

५ जेष्ठ २०८१, शनिबार ११:५९

 जेठ ५, काठमाडौँ । ताइवानमा नयाँ राष्ट्रपति लाइ चिङ टेको शपथ ग्रहण गर्नुभन्दा दुई दिनअघि शुक्रबार देशको संसदमा सांसदहरूबीच भीषण झडप भएको छ । सो क्रममा लात र मुक्का प्रहार समेत भएको थियो । 

कतिपय सांसद भने सभामुखको सिटमा पनि चढे । उनीहरुले एकअर्कालाई ताने र प्रहार गरेको देखियो । यसैबीच सांसद एक विधेयकसँग सम्बन्धित कागजात लिएर सदनबाट भागेका थिए ।

ताइवान संसदमा एक प्रस्ताव ल्याइएको छ । यस अन्तर्गत विपक्षी सांसदहरुलाई सरकारको काम कारवाहीमा नजर राख्न थप अधिकार दिइने बताइएको छ । यसका साथै संसदमा झुटा बयान दिने सरकारी कर्मचारीमाथि फौजदारी मुद्दा चलाइनेछ ।

मिडिया रिपोर्टका अनुसार यस विधेयकमा मतदान हुनुअघि नयाँ राष्ट्रपति चिङ तेहको डेमोक्रेटिक प्रोग्रेसिभ पार्टी (डीपीपी) र चीन समर्थक विपक्षी कुओमिन्ताङ (केएमटी) पार्टीका सांसदहरूबीच झडप भएको थियो । सांसदहरू सदनमा पुगेपछि एक आपसमा आरोप लगाउन थाले ।

मे २० मा, ताइवानको नयाँ राष्ट्रपति लाइ चिंग टेले पदको सपथ लिनेछन् । तर, उनको पार्टी डिपीपीको संसदमा बहुमत छैन । ताइवानको मुख्य विपक्षी दल केएमटीसँग डीपीपीभन्दा बढी सिट छ । यद्यपि, बहुमतमा आउन ताइवान पिपुल्स पार्टी (टिपीपी) सँग गठबन्धन बनाउनुपर्नेछ ।

समाचार एजेन्सी रोयटर्सका अनुसार बहुमतमा रहेकाले विपक्षी दलले सरकारमाथि नजर राख्न संसदमा आफ्ना सदस्यहरूलाई थप शक्ति दिन चाहन्छ । चिङ तेहको पार्टी डीपीपीले विपक्षीले विधेयक संसदमा पास गराउन दबाब दिन खोजेको आरोप संविधानको उल्लङ्घन भएको आरोप लगाएको छ ।

सत्तारुढ प्रजातान्त्रिक गणतन्त्र पार्टीका सांसदहरुले विधेयकमा पहिले प्रक्रियाअनुसार छलफल हुनुपर्ने माग राखेका छन् । विपक्षी दलले आफ्नो शक्तिको दुरुपयोग गर्नका लागि यो विधेयक पारित हुन दिन नचाहेको आरोप लगाएका छन् ।

यसअघि पनि ताइवानको संसदमा यस्ता घटना बाहिर आएका छन् । सन् २०२० मा पनि अमेरिकाबाट सुँगुरको मासु आयातको विरोध गर्दै केएमटीका सांसदहरूले संसदमा सुँगुरको आन्द्रा हानेका थिए ।

ताइवानमा यसै वर्ष जनवरीमा राष्ट्रपतिको निर्वाचन भएको थियो । त्यसमा सत्तारुढ दलका नेता विलियम लाइ चिङ–टे विजयी भएका थिए । यो त्यही नेता हुन् जसलाई चीनले मतदानअघि खतरनाक पृथकतावादी भनेको थियो । चुनाव अघि, चीनले मतदाताहरूलाई सैन्य द्वन्द्वबाट बच्न चाहनुहुन्छ भने सही छनौट गर्न चेतावनी दियो ।ताइवानको कुओमिन्ताङ पार्टी (केएमटी) ले हउ यु इहलाई चिङ तेसँग बाजी लगाएको थियो । केएमटी त्यही पार्टी हो जसको सरकारले चिनियाँ कम्युनिष्टहरूसँग गृहयुद्ध हारेपछि ताइवान टापुमा बसोबास गरेको थियो । पार्टीले चुनाव जितेमा चीनसँग फेरि वार्ता गर्ने बताएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको समानुपातिक उम्मेदवारी दिनेम्याद पौष ५ गतेसम्म थप राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै