१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु

६ जेष्ठ २०८१, आईतवार ११:०७

जेठ ६, काठमाडौँ | रोल्पा, सिरहा र रुपन्देही जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा कम्तीमा ३ जनाको मृत्यु भएको छ ।

रोल्पा, रोल्पा नगरपालिका-४ खाद्य टोलमा लु.३ त ३४०२ नम्बरको ट्याङ्कर सडकबाट करिब १५ मिटर तल खसेर शनिबार बेलुकी दुर्घटना हुँदा ट्याङकरमा सवार लुङग्री गाउँपालिका-६ गुम्चाल घर भई रोल्पा नगरपालिका-१ मेवाङ बस्ने ४३ वर्षीया रूपशरी विष्टको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल रेउघामा उपचारको क्रममा मृत्यु भएको हो । ट्याङ्कर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

सिरहा, धनगढीमाई नगरपालिका-४ निम चोकस्थित सडकमा मधेश प्रदेश ०१-००४ प ६२१५ नम्बरको स्कुटर अनियन्त्रित भई शनिबार दिउँसो दुर्घटना हुँदा स्कुटरमा सवार लहान नगरपालिका-५ बस्ने ७९ वर्षीया फुलझरीया देवी महतोको मृत्यु भएको छ ।  दुर्घटनामा गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल लहान सिरहामा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार स्कुटर चालकको प्रहरीले खोजी गरिरहेको छ । 

रूपन्देही, बुटवल उपमहानगरपालिका-१३ झोलुङेपुलस्थित सडकमा लु.१ झ ५३१ नम्बरको अर्घाखाँची जिल्ला अस्पतालको एम्बुलेन्सको ठक्करबाट पैदलयात्री सोही उपमहानगरपालिका-११ नहरपुर बस्ने ५६ वर्षीया कमला नेपालीको आइतबार बिहान मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको   हो । साथै ठक्करबाट घाइते भएका अन्य २ जना पैदलयात्रीको सोही अस्पतालमा उपचार भइरहेको छ । एम्बुलेन्स चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए