2026-07-29 04:48 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

इरानका राष्ट्रपति सवार हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला

जेठ ७, एजेन्सी | इरानका राष्ट्रपति इब्राहिम रायसी सवार हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला पारेको टर्कीस्थित समाचार एजेन्सीले जनाएको छ।

खोज तथा उद्धारका लागि टर्कीबाट खटिएको ड्रोनले इरानको पूर्वी अजरबैजान प्रान्तको पहाडी क्षेत्रमा जलेको अवस्थामा फेला पारेको टर्कीस्थित समाचार एजेन्सीले जनाएको छ। जलेको ठाउँ भेटिएलगत्तै त्यहाँ उद्धारकर्मीहरुको टोली खटिएको छ। हेलिकप्टरमा सवारहरुको अवस्थाका विषयमा भने अझै खुल्न सकेको छैन।

‘टर्कीबाट खटाइएको ड्रोनले जलेको  ठाउँको पहिचान र्गयो र त्यसको जानकारी इरानी अधिकारीसमक्ष समन्वय गरेको छ,’हेलिकप्टर भेटिए पनि राष्ट्रपति रइसी र विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियानलगायतको अवस्था के कस्तो छ भन्नेबारे केही खुलेको छैन ।  अनादोलुले उल्लेख गरेको छ।

आइतबार खराब मौसमका कारण राष्ट्रपति इब्राहिम सवार हेलिकप्टर बेपत्ता भएको थियो। हेलिकप्टरमा राष्ट्रपति रइसी र विदेशमन्त्रीसँगै पूर्वी अजरबैजान प्रान्तका गभर्नरसहित ९ जना रहेको जनाइएको छ । राष्ट्रपति रइसी सवारसहित ३ हेलिकप्टर सँगै भए पनि २ वटा हेलिकप्टर भने सकुशल अवतरण भएको समाचारमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सेयर बजार निरन्तर ओरालोतिर रास्वपाको केन्द्रीय समिति बैठक जारी नेदरल्यान्ड्सविरुद्ध नेपालले पहिले बलिङ गर्ने, सन्दीप र सोमपाल बाहिर हुण्डी कारोबारको आरोपमा एक जना पक्राउ ट्रकले ठक्कर दिँदा एक बालकसहित ३ जनाको मृत्यु देश सबैको हो, साम्प्रदायिक गतिविधिले सबैलाई घाटा हुन्छ: रवि लामिछाने पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई अस्पताल भर्ना सुनसरी घटना समाधानका लागि प्रधानमन्त्रीज्यू अत्यन्तै गम्भीर हुनुहुन्छ: अर्थमन्त्री वाग्ले धार्मिक सहिष्णुता र सामाजिक सद्भाव हाम्रो वर्षौदेखिको सम्पत्ति हो, यसलाई बचाउनुर्छ: गगन थापा सुनको मूल्य घट्यो, चाँदीको बढ्यो सुनसरी घटनाबारे छलफल गर्न सिंहदरबारमा सर्वदलीय बैठक सुरु चिकित्सकमाथि कुटपिट र अस्पताल तोडफोड गर्नेलाई कारबाही गर्न निर्देशन नेपालको लोकतान्त्रिक आन्दोलनमा गोपालमान श्रेष्ठले निभाउनु भएको भूमिका सधैं स्मरणीय रहनेछ: देउवा नेपाली कांग्रेसले बोलायो आकस्मिक केन्द्रीय समिति बैठक चिकित्सकको माग सम्बोधन गरी स्वास्थ्य सेवा सुचारु गर्न गगन थापाको आग्रह नेप्से परिसूचक सामान्य अङ्कले घट्यो त्रिविको प्रश्नपत्र चुहावट प्रकरणमा थप दुईजना पक्राउ मुग्लिन-नारायणगढ सडकखण्ड करिब चार घण्टापछि पुनः दुईतर्फी सञ्चालनमा सुर्खेतमा जीप दुर्घटना हुँदा चालकसहित १५ जना घाइते श्रीमतीको हत्या प्रयास गर्ने श्रीमान् पक्राउ