१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

पक्राउ पुर्जी जारी भएपछि कैलाश सिरोहिले भने– ब्याग, लुगाफाटो र औषधि गाडीमा हालेर आएको छु

८ जेष्ठ २०८१, मंगलवार ०९:११

जेठ ८,  काठमाडौं  । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले राजनीतिक प्रतिशोधको भावनाले आफूविरुद्ध पक्राउ पुर्जी जारी भएका बताएका छन् । यस्ता ब्याकमेलिङ र राजनीतिक प्रतिशोधबाट कान्तिपुर मिडिया ग्रुप आफ्नो गर्नुपर्ने काम तथा कर्तव्यबाट कतैपनि बिचलित नहुने उनको भनाइ छ । 

मंगलबार आफूलाई भेट्न पुगेका नेपाली कांग्रेस नेताहरुसँग कुराकानी गर्दै सिरोहियाले जस्तोसुकै ब्ल्याकमेलिङ र राजनीतिक प्रतिशोध साँध्न खोजिएपनि कान्तिपुरले आफ्नो काम गरिरहने बताए । 


‘व्यक्तिगत रुपमा म जस्तोसुकै अनुसन्धान र आक्षेप सहन तयार छु । तर कान्तिपुर मिडिया ग्रुपलाईू राजनीतिक सौदाबाजी गर्न खोजेको मलाई पटक्कै मान्य छैन’, उनले भने । उनले आफूविरुद्ध पक्राउ पुर्जी जारी भएको सुनेपछि ब्याग, लुगाफाटो र औषधि सबै गाडीमा हालेर अफिस आएको पनि बताए । ‘म त यो कुरा थाहा पाएपछि, ब्याग, लुगाफाटो औषधि सबै हालेरै आएको छु गाडीमा’, उनले भने ।

नागरिकताको विषयमा जिल्ला अदालत धनुषाले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर