१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सरकारलाई झण्डै २४ खर्ब ऋण, यो वर्षमात्र १ खर्ब थपियो

१० जेष्ठ २०८१, बिहीबार ०८:१७

जेठ १०, काठमाडौँ | चालु आर्थिक वर्ष २०८०/८१ को वैशाखसम्म ९८ अर्ब ८ करोड रुपैयाँ ऋण थप भएको छ ।

सार्वजनिक ऋण व्यवस्थापनको कार्यालयका अनुसार चालु आर्थिक वर्षको सुरुमा २२ खर्ब ९९ अर्ब सार्वजनिक ऋण रहेकोमा १० महिनामा ९८ अर्ब ८ करोड रुपैयाँ थप भएको छ । यो भनेको चालु वर्ष लिएको ऋण र भुक्तानी गरेको ऋण घटाएर आएको रकम हो ।


यो सँगै देशको सार्वजनिक ऋण २३ खर्ब ९७ अर्ब पुगेको छ । चैत महिनाको तुलनामा भने वैशाखमा ११ अर्ब ६४ करोड रुपैयाँ ऋण थपिएको हो । कुल ग्राहस्थ उत्पादनको आधारमा सार्वजनिक ऋण ४२.२ प्रतिशत पुगेको छ ।

विज्ञहरूले नेपालको हालको ऋण आत्तिनुपर्ने अवस्थामा नरहेको बताएका छन् । यद्यपि ऋणको सदुपयोगितामा भने उनीहरूले प्रश्न उठाउँदै आएका छन् ।

अहिले देशमा ११ खर्ब ८४ अर्ब ४८ करोड रुपैयाँ आन्तरिक ऋण छ भने १२ खर्ब १२ अर्ब ९५ करोड रुपैयाँ आन्तरिक ऋण छ । यो अवधिमा सरकारले १ खर्ब ६६ अर्ब ५५ करोड रुपैयाँ ऋण भुक्तानी गरिसकेको छ ।

आन्तरिक ऋण १ खर्ब ३५ अर्ब ६२ करोड र बाह्य ऋण ७३ अर्ब ६३ करोड रुपैयाँ भुक्तानी गरेको हो ।

चालु आर्थिक वर्षमा जम्मा ४ खर्ब ५२ अर्ब सार्वजनिक ऋण परिचालन गने लक्ष्य राखिएकोमा वैशाख मसान्तसम्म २ खर्ब ६४अर्ब ऋण प्राप्त भएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ ।

यसमा भुक्तानी गरिएको रकम घटाइएको छैन । लिएको रकम मात्र राखिएकोले २ खर्ब ६४ अर्ब भएको हो । वार्षिक लक्ष्यको तुलनामा कुल सार्वजनिक ऋण प्राप्ति ५८.४५ प्रतिशत हो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर