५ कार्तिक २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

ओली यी चार कारणले संसदीय छानबिनमा रविको नाम लेख्न चाहँदैनन्: विश्वप्रकाश शर्मा

१३ जेष्ठ २०८१, आईतवार १०:२७

जेठ १३, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सत्तारूढ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली चार कारणले गर्दा सहकारीसम्बन्धी संसदीय छानबिन समितिमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाम लेख्न तयार नदेखिएको बताएका छन्।

काठमाडौंको प्रदर्शनीमार्गमा 'सत्ताको बलमिच्याइँ र सहकारी ठगीविरूद्ध' कांग्रेसले आइतबार गरेको खुला सभालाई सम्बोधन गर्दै शर्माले ओलीले रविको नामबिनै कामचलाउ प्रकृतिको संसदीय छानबिन समिति बनाउन चाहेको दाबी गरेका हुन्।


‘सहकारी ठगी प्रकरणमा रवि लामिछानेको नाम नै नलेखी कामचलाउ हिसाबको संसदीय समिति बनाउन एमाले अध्यक्ष केपी शर्मा ओलीजी चाहनु हुन्छ,’ उनले भने, ‘यसका चार कारण छन्।’

शर्माका अनुसार पहिलो कारण सत्ताको गणित हो। पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको सरकार टिकाउन लामिछाने सभापति रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको साथ आवश्यक रहन्छ। संसदमा रास्वपाका २१ सांसद छन्।

दोस्रो रविलाई देखाएर एमाले पार्टी पङ्तिलाई जोगाउने ध्यानमा अध्यक्ष ओली रहेको शर्माको भनाइ छ। एमालेका कतिपय नेताहरू पनि सहकारी प्रकरणमा जोडिएको चर्चा भइरहेका छन्।

तेस्रो भने सहकारी प्रकरणमा रविलाई साथ दिने र गिरीबन्धु प्रकरणमा रविको साथ लिनेमा ओली रहेको शर्मा बताउँछन्।

चौथो भने दीर्घकालीन रहेको उनले बताए। त्यो मिसन ०८४ सँग सम्बन्धित रहेको शर्माले बताए। ओलीले नयाँ दललाई अर्को चुनावसम्म कमजोर बनाउन खोजेको पनि शर्माको भनाइ थियो।

कांग्रेसले उपप्रधान तथा गृहमन्त्री लामिछाने सहकारी बचत ठगी प्रकरणमा जोडिएको भन्दै संसदीय छानबिन समिति गठनको माग गर्दै आएको छ। सदनमा यो माग उठाइरहेको कांग्रेस आइतबारदेखि सडकबाट पनि सरकारलाई दबाब दिँदैछ।

संसदीय छानबिन समिति बनाउन प्रधानमन्त्रीसहित सत्ता पक्ष तयार भए पनि यसको कार्यादेशमा सत्ता र प्रतिपक्षीबीच कुरा मिलेको छैन। कांग्रेसले कार्यादेशमै रवि लामिछानेको नाम राख्न अडान राखेको छ भने एमाले र रास्वपाले व्यक्ति केन्द्रित समिति बनाउन नहुने बताइरहेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालद्वारा अमेरिकाविरुद्धको टी–२० सिरिज क्लिनस्वीप नेदरल्यान्ड्सका बास डि लिडेले पोखरा एभेन्जर्सबाट खेल्ने साफ महिला च्याम्पियनसिप फुटबलमा नेपाल र माल्दिभ्स आज खेल्दै अमेरिकाविरुद्ध ओपनर आशिफ शेखले बनाए अर्धशतक दुई संसदीय समितिको बैठक आज बस्दै न्युजिल्यान्डले पहिलो पटक उचाल्यो टी–२० महिला विश्वकपको उपाधि आजको मौसम: केही भू– भागमा सामान्य वर्षादेखि हिमपातको सम्भावना अमेरिकाले नेपाललाई दियो १५७ रनको लक्ष्य केन्द्रीय मूख्यालय च्यासलमा एमालेको सचिवालय बैठक सुरु रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अनुमति गृहमन्त्री लेखकको प्रश्न : आफैँ गल्ती गर्ने अनि ठिक छु भन्ने ? रवि लामिछाने पक्राउ पर्नु सहकारी छानबिन प्रतिवेदनको सुरुवात मात्र हाे : सरकार यी हुन् शुक्रबार बसेको मन्त्रिपरिषद्का निर्णयहरू रवि लामिछानेको बयान सकियो, ६ दिनको म्याद थप्न माग रविविरुद्धको बहस सकियो, म्याद थपबारे निर्णय केहीबेरमा रास्वपाको प्रदर्शनले प‍ाेखरा तनावग्रस्त, प्रदर्शनकारीमाथि पानीकाे फोहोरा प्रहार जलनका बिरामीको निःशुल्क उपचार गर्ने सरकारको निर्णय असोजमा रोजगारीका बिदेसिए लागि ५३ हजार बढी युवा शान्तिपूर्ण आन्दोलमा सुरक्षा गर्नुपर्ने प्रहरी प्रशासनबाटै दमन भयो : तोसिमा कार्की रवि लामिछानेको समर्थनमा प्रदर्शन गरिरहेकी एक महिला प्रहरी नियन्त्रणमा