2026-10-19 12:52 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले

2026-07-04

काठमाडौँ | अर्थमन्त्री स्वर्णिम वाग्लेले नेपाल फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) को ‘ग्रे लिस्ट’बाट कालो सूचीमा पर्ने उच्च जोखिममा रहेको बताएका छन् । शनिबार राष्ट्रियसभा बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ माथिको छलफलका क्रममा मन्त्री वाग्लेले यस्तो बताएका हुन् ।

नेपाललाई फागुन २०८१ देखि एफएटीएफको ‘ग्रे लिस्ट’मा रहेकाे भन्दै उनले त्यसबाट बाहिर निकाल्न सरकार प्रयासरत् रहेको बताए । अर्थमन्त्री वाग्लेले आवश्यक सुधारका काम समयमै सम्पन्न गर्न नसके नेपाल ब्ल्याकलिस्टमा पर्न सक्ने चेतावनी दिए । ‘मुलुक २०८१ फागुनदेखि खैरो सूचीमा छ । अहिले हामीले तदारुकताका साथ काम गर्न सकेनौँ भने ब्ल्याक लिस्टतिर झर्दछौँ । ब्ल्याक लिस्टमा झर्नु भनेको बाँकी दुनियाँको वित्तीय सम्बन्ध टुट्नु हो । प्रत्यक्ष विदेशी लगानी भित्र्याउनु छ, हाम्रो अन्तर्राष्ट्रिय विश्वासनियता माथि उकास्नु छ,’ उनले भने ।

अर्थमन्त्री वाग्लेले सुशासनका आधारभूत जिम्मेवारी प्रभावकारी रूपमा पूरा गर्न नसकिए नेपाल हाइटी र सोमालियाजस्ता मुलुकको अवस्थामा पुग्ने जोखिम बढ्दै गएको बताए । उनले राज्य सञ्चालनका नियमित दायित्वमा कमजोरी देखिँदा देशको अन्तर्राष्ट्रिय छवि, वित्तीय प्रणाली र समग्र शासन व्यवस्थामै नकारात्मक असर पर्ने उल्लेख गरे । उनले भने, ‘सुशासनका नियमित काम नगरी राजकाजमा चुक्दा हामी हाइटी, सोमालिया जस्ता मुलुकको दर्जामा झर्ने जोखिम बढ्दै गएको छ ।’ अर्थमन्त्री वाग्लेले २०८१ फागुनदेखि लागेको ‘कलंक’ हटाउन सरकार निरन्तर प्रयासरत रहेको बताए । ‘२०८१ फागुनदेखिको यो कलंक हामी मेटाउन खोज्दैछौँ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु