जेठ १४, काठमाडौँ । अधिवक्ता यज्ञमणि न्यौपानेले अदालतले गरेका फैसला कार्यान्वयन नहुने हो भने न्यायिक निकायसँगै राज्य व्यवस्थाप्रति जनविश्वास घट्ने बताएका छन् । 

संसद्को महिला तथा सामाजिक मामिला समितिको सोमबारको बैठकमा नेपालमा एसिड आक्रमण पीडितहरुको क्षतिपूर्ति सम्बन्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जेठ १४, काठमाडौँ । अधिवक्ता यज्ञमणि न्यौपानेले अदालतले गरेका फैसला कार्यान्वयन नहुने हो भने न्यायिक निकायसँगै राज्य व्यवस्थाप्रति जनविश्वास घट्ने बताएका छन् । 

संसद्को महिला तथा सामाजिक मामिला समितिको सोमबारको बैठकमा नेपालमा एसिड आक्रमण पीडितहरुको क्षतिपूर्ति सम्बन्"/>

२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

रास्वपाकी सांसद कंसाकारलाई तत्काल एक करोड १४ लाख क्षतिपूर्ति दिन माग

२०८१, १४ जेष्ठ सोमबार १२:४८

जेठ १४, काठमाडौँ । अधिवक्ता यज्ञमणि न्यौपानेले अदालतले गरेका फैसला कार्यान्वयन नहुने हो भने न्यायिक निकायसँगै राज्य व्यवस्थाप्रति जनविश्वास घट्ने बताएका छन् । 

संसद्को महिला तथा सामाजिक मामिला समितिको सोमबारको बैठकमा नेपालमा एसिड आक्रमण पीडितहरुको क्षतिपूर्ति सम्बन्धमा भएको छलफलमा उनले यस्तो बताएका हुन् । एसिड आक्रमण पीडित हाल रास्वपाकी सांसद विन्दवासिनी कंसाकारका सम्बन्धमा उनलाई एक करोड १४ लाख क्षतिपूर्ति दिनुपर्ने अदालतले गरेको फैसला कानुन मन्त्रालयले रोकेर कार्यान्वयन नगरेको उनले बताए ।


उनले भने, ‘एसिड आक्रमण पीडित विन्दवासिनी कंसाकारको उपचार खर्चदेखिको क्षतिपूर्ति एक करोड १४ लाख कानुनमा उल्लेख भइसकेको फैसला कार्यान्वयन भएन भने अदालत र राज्यमा विश्वास घट्छ । पीडितले राहतको अनुभूति गर्दैन । त्यसैले यो समितिले सम्बन्धित मन्त्रालयलाई स्पष्ट निर्देशन लिन सक्ने परिस्थिति हुन्छ, किनकि समिति सार्वभौम छ । मैले यो फैसला कार्यन्वयन गर्ने विषयमा तत्कालीन कानुनमन्त्री र सचिवसँग कुरा गरेको थिएँ । मन्त्रिपरिषद्मा उठाउँछु कुरा भन्नुभएको थियो । तर, अगाडि बढेन । कानुन मन्त्रालयको कारणले गर्दा यसको कार्यान्वयन नभएको हो ।’

फैसला कार्यान्वयन नहुने समस्या देशको समस्या रहेको उनले बताए । अदालतले गरेको फैसला कार्यान्वयन नहुनु एकजना पात्रको समस्याको कुरा मात्र नभई समग्र प्रणालीमाथि माथिको प्रश्न रहेको उनको भनाइ छ । 

उनले भने, ‘फैसला कार्यान्वयन नहुने समस्या भनेको देशको समस्या हो । उहाँहरुले मन्त्रिपरिषद्मा नै पेस नगर्नुको कारण के हो ? यो कानुन मन्त्रालयविना यो अगाडि बढ्न सक्ने परिस्थिति छैन । कानुन मन्त्रालयले किन गरेको छैन यो काम ? यो एकजना पात्रको कुरा मात्र होइन । समग्र प्रणालीमाथि माथिको प्रश्न हो ।’

छलफलमा अदालती फैसला कार्यान्वयन नभए राज्य संयन्त्रमा जनविश्वास घट्ने विषयमा बहस भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह