२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सेनाद्वारा बृहत निशुल्क स्वास्थ्य : शिविरमा तीन हजार बिरामीको उपचार गर्ने लक्ष्य

२०८१, १९ जेष्ठ शनिबार ११:४०

जेठ १९, रौतहट | तीन हजार बिरामीको लक्ष्यसहित रौतहटको गढीमाई नगरपालिकास्थित नेपाली सेनाले बृहत निःशुल्क स्वास्थ शिविर सञ्चालन गरेको छ।

नेपाली सेना मध्यपूर्वि पृतनाको मार्ग निर्देशन, २८ नम्बर बाहिनी अड्डाको पहल,  वीरदल गण र गढिमाई नगरपालिकाको सहकार्यमा वडा नम्बर १ समनपुररको शंकर गुदर माविको प्राङ्गणमा बृहत् निःशुल्क स्वास्थ शिविर सञ्चालन गरिएको हो।

सरोकारवाला निकायहरूको सहभागितामा विपन्न र स्वास्थ्यको पहुँचबाट बन्चित समुदायहरूलाई लक्षित गरी स्वास्थ्य शिविर सञ्चालन गरिएको वीरदल गणका गणपति कर्णेल गंगाबहादुर विष्टले बताए। लक्षित वर्गलाई लाभ तथा नेपाली सेना र नागरिकबीचको सम्बन्ध प्रगाढ होस् भन्ने उद्देश्यले सञ्चालित  स्वास्थ्य शिविरमा करिब २५ सयदेखि तीन हजार बिरामीले स्वास्थ्य लाभ लिने लक्ष्य राखिएको कर्णेल विष्टले बताए।

शिविरको उद्घाटन कार्यक्रममा गढीमाई नगर प्रमुख श्यामबाबु यादवले स्वास्थ्य शिविरबाट गरीब तथा आर्थिक रुपले विपन्न समुदायले आफ्नै घरदैलोमा विशेषज्ञ चिकित्सकहरूद्वारा स्वास्थ्य लाभ लिन पाउनु नगरबासीको सौभाग्य रहेको विचार राखे।

नेपाली सेनाको डाक्टर, प्रादेशिक अस्पताल गौर, चन्द्रपुर अस्पताल, गौर आँखा अस्पताललगायतबाट गरी २४ जना डाक्टरको टोलीले शिविरमा उपचार गरिरहेका छन्। अहिलेसम्म १५ सय बिरामीको उपचार भइसकेको कर्णेल विष्टले जानकारी दिएका छन्।

शिविरमा बेलुकी ६ बजेसम्म उपचार हुने आयोजकले जनाएको छ।

अंग्रेज सेनालाई नेपालीले हराएर धपाएको ऐतिहासिक गाउँ समानपुरमा नेपाली सेनाले पटक-पटक विभिन्न कार्यक्रमको आयोजना गर्दै आएको छ।

सन् १८१४ डिसेम्वर ३१ मा नेपालीले समनपुरबाट अंग्रेजको फौजलाई लखेटर सिमाना कटाउँदै उसको हतियार कब्जामा लिएको थियो।

त्यसबेला नेपालीले अंग्रेज फौजलाई लखेटी उनीहरूसँग रहेको तोप तथा अन्य आधुनिक हतियारहरू कब्जामा लिएका थिए। अंग्रेज सेनासँग सम्बन्धित केही हात हतियार समनपुर गाउँको पोखरीमा र उत्खननमा पटक-पटक फेला पारेको छ। उक्त गाउँमा नेपाली सेनाले गढी संरक्षण संग्रहालय निर्माणको योजनासमेत अगाडि बढाएको छ।

नेपालीको गौरवको इतिहास बोकेको समनपुरको विकास गर्न महत्वपूर्ण योजनाहरू अगाडि बढाइएको गढीमाई नगरपालिकाका मेयर यादवले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह