१५ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सेनाद्वारा बृहत निशुल्क स्वास्थ्य : शिविरमा तीन हजार बिरामीको उपचार गर्ने लक्ष्य

१९ जेष्ठ २०८१, शनिबार ११:४०

जेठ १९, रौतहट | तीन हजार बिरामीको लक्ष्यसहित रौतहटको गढीमाई नगरपालिकास्थित नेपाली सेनाले बृहत निःशुल्क स्वास्थ शिविर सञ्चालन गरेको छ।

नेपाली सेना मध्यपूर्वि पृतनाको मार्ग निर्देशन, २८ नम्बर बाहिनी अड्डाको पहल,  वीरदल गण र गढिमाई नगरपालिकाको सहकार्यमा वडा नम्बर १ समनपुररको शंकर गुदर माविको प्राङ्गणमा बृहत् निःशुल्क स्वास्थ शिविर सञ्चालन गरिएको हो।

सरोकारवाला निकायहरूको सहभागितामा विपन्न र स्वास्थ्यको पहुँचबाट बन्चित समुदायहरूलाई लक्षित गरी स्वास्थ्य शिविर सञ्चालन गरिएको वीरदल गणका गणपति कर्णेल गंगाबहादुर विष्टले बताए। लक्षित वर्गलाई लाभ तथा नेपाली सेना र नागरिकबीचको सम्बन्ध प्रगाढ होस् भन्ने उद्देश्यले सञ्चालित  स्वास्थ्य शिविरमा करिब २५ सयदेखि तीन हजार बिरामीले स्वास्थ्य लाभ लिने लक्ष्य राखिएको कर्णेल विष्टले बताए।

शिविरको उद्घाटन कार्यक्रममा गढीमाई नगर प्रमुख श्यामबाबु यादवले स्वास्थ्य शिविरबाट गरीब तथा आर्थिक रुपले विपन्न समुदायले आफ्नै घरदैलोमा विशेषज्ञ चिकित्सकहरूद्वारा स्वास्थ्य लाभ लिन पाउनु नगरबासीको सौभाग्य रहेको विचार राखे।

नेपाली सेनाको डाक्टर, प्रादेशिक अस्पताल गौर, चन्द्रपुर अस्पताल, गौर आँखा अस्पताललगायतबाट गरी २४ जना डाक्टरको टोलीले शिविरमा उपचार गरिरहेका छन्। अहिलेसम्म १५ सय बिरामीको उपचार भइसकेको कर्णेल विष्टले जानकारी दिएका छन्।

शिविरमा बेलुकी ६ बजेसम्म उपचार हुने आयोजकले जनाएको छ।

अंग्रेज सेनालाई नेपालीले हराएर धपाएको ऐतिहासिक गाउँ समानपुरमा नेपाली सेनाले पटक-पटक विभिन्न कार्यक्रमको आयोजना गर्दै आएको छ।

सन् १८१४ डिसेम्वर ३१ मा नेपालीले समनपुरबाट अंग्रेजको फौजलाई लखेटर सिमाना कटाउँदै उसको हतियार कब्जामा लिएको थियो।

त्यसबेला नेपालीले अंग्रेज फौजलाई लखेटी उनीहरूसँग रहेको तोप तथा अन्य आधुनिक हतियारहरू कब्जामा लिएका थिए। अंग्रेज सेनासँग सम्बन्धित केही हात हतियार समनपुर गाउँको पोखरीमा र उत्खननमा पटक-पटक फेला पारेको छ। उक्त गाउँमा नेपाली सेनाले गढी संरक्षण संग्रहालय निर्माणको योजनासमेत अगाडि बढाएको छ।

नेपालीको गौरवको इतिहास बोकेको समनपुरको विकास गर्न महत्वपूर्ण योजनाहरू अगाडि बढाइएको गढीमाई नगरपालिकाका मेयर यादवले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ठूला र पुराना लोकतान्त्रिक शक्तिले नै देशको नेतृत्व गर्ने हो : अध्यक्ष ओली ग्यासको बुलेट उठाउन नसक्दा अझै खुलेन पूर्व–पश्चिम महेन्द्र राजमार्ग साउदी अरेबियाद्वारा यमनको बन्दरगाहमा हवाई आक्रमण, अबु धाबीलाई चेतावनी यस्तो छ, समानुपातिकको बन्द सूची चोरी गरेको ६५ लाख रकमसहित केसी पक्राउ दुई लाख ४३ हजार मेट्रिक टन रासायनिक मल वितरण युवाले चाहेजस्तो देश निर्माणमा अग्रसर छौँः प्रधानमन्त्री पूर्वराष्ट्रपतिद्वय यादव र भण्डारीबीच भेटवार्ता सडक मर्मतमा ढिलाइ गरिए निर्माण व्यवसायीले ‘पेनाल्टी’ तिर्नुपर्ने हुन्छः मन्त्री घिसिङ मोटरसाइकल दुर्घटनामा घाइते भएका चालकको मृत्यु सन् २०२५ः अत्यन्त तातो वर्ष दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमान् घाइते राष्ट्रिय च्याउ दिवसः नेपालमा एक हजार १५० प्रजातिका च्याउ, सय प्रजातिका विषालु राजनीतिक स्थिरता र दिगो लोकतन्त्रका पक्षमा निर्वाचनः प्रधानमन्त्री खालिदा जियाको निधनमा शेख हसिनाद्वारा शोक व्यक्त कुल चौँसट्ठी दलले बुझाए समानुपातिकको बन्द सूची पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध प्रधानमन्त्रीद्वारा तमु ल्होसार तथा म्हैप्रु नकुमा पर्वको शुभकामना सुनचाँदीको मूल्यमा भारी गिरावट प्रधानमन्त्री कार्कीसँग राष्ट्रियसभा अध्यक्ष दाहालको शिष्टाचार भेट