जेठ २०, काठमाडौं । काठमाडौंबाट धनगढी उड्न लागेको श्री एयरलाइन्सको जहाजमा प्राविधिक समस्या देखिएपछि धावनमार्गबाट पुन:पार्किङमा फर्काइएको छ ।
त्रिभुवन विमानस्थल स्रोतका अनुसार एसएचए २२१ उडान नम्बरको ९एनएएनएस जहाज धावनमार्ग फर्काइएको हो ।
विमानस्थलको तालिका अनुसार जहाज काठमाडौंबाट ८:२५ मा उडिसक्नु पर्ने थियो । तर जहाजभित्र इन्धनको गन्ध आएको र थप प्राविधिक परिक्षणका लागि जहाज फिर्ता बोलाइएको विमानस्थलका स्रोतले जनाएको छ ।