१५ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

भारतको अरुणाचल र सिक्किम विधानसभामा सत्तारुढ दललाई फराकिलो बहुमत

२० जेष्ठ २०८१, आईतवार १२:२७

जेठ २०,  काठमाडौँ । भारतको उत्तरपूर्वी दुई राज्यहरू अरुणाचल प्रदेश र सिक्किम दुवै राज्यमा सत्तारुढ दलले भारी बहुमत ल्याउने देखिएको छ ।

अरुणाचल प्रदेशमा भाजपा नेतृत्वको  एनडीए गठबन्धन अहिलेसम्म ६० मध्ये ४५ सिटमा अगाडि छ । त्यस्तै, सिक्किममा सत्तारुढ एसकेएम पार्टीले ३२ सिटमध्ये ३१ सिटमा अग्रता लिएको छ । यसैबीच दुबै प्रदेशका मजदुरहरुले उत्सव मनाउन थालेका छन् । 


दुवै प्रदेशका मुख्यमन्त्री र राज्यपालबीच आजै दिउँसो भेटवार्ता हुने भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । दुवै राज्यमा मुख्यमन्त्रीले आ–आफ्नो सिट जितेका छन् ।

२०१९ अरुणाचल प्रदेश विधानसभा चुनावमा, बीजेपीले ४१ सीट जित्यो र पेमा खान्डु मुख्यमन्त्री बने । कांग्रेसले ४ सिट मात्र जितेको थियो भने जनता दल युनाइटेड (जेडीयू) र एनपीपीले क्रमशः ७ र ५ सिट जितेका थिए । यसअघि २०१४ मा भएको अरुणाचल प्रदेश विधानसभा चुनावमा कांग्रेसले ४२ सिट जितेको थियो भने भाजपाले ११ सिट मात्र जिटेको थियो । अरुणाचलको पीपल्स पार्टी (पीपीए) ले ५ सिट जितेको थियो । तर राज्यमा राजनीतिक उथलपुथल भएपछि जुलाई २०१६ मा पेमा खाण्डु पहिलो पटक राज्यको मुख्यमन्त्री बनेका थिए ।

अरुणाचल प्रदेशमा भाजपाले यसअघि नै १० सिट निर्विरोध जितेको छ । अरुणाचल प्रदेशमा कुनै प्रमुख क्षेत्रीय राजनीतिक दलहरू छैनन्। यहाँ बीजेपी र कांग्रेस दुई ठूला पार्टी हुन् र उनीहरुबीच लडाइ छ । यद्यपि, बीजेपीले राज्यका सबै ६० सिटमा उम्मेदवारी दिएको छ भने कांग्रेसले १९ सिटमा मात्रै उम्मेदवार खडा गरेको थियो । 

त्यस्तै सिक्किममा २०१९ को विधानसभा चुनावमा एसकेएमका प्रेम सिंह तामाङको नेतृत्वमा सरकार गठन भयो । एसकेएमले १७ सीट जिटेको थियो र प्रेम सिंह मुख्यमन्त्री बने । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरेबियाद्वारा यमनको बन्दरगाहमा हवाई आक्रमण, अबु धाबीलाई चेतावनी यस्तो छ, समानुपातिकको बन्द सूची चोरी गरेको ६५ लाख रकमसहित केसी पक्राउ दुई लाख ४३ हजार मेट्रिक टन रासायनिक मल वितरण युवाले चाहेजस्तो देश निर्माणमा अग्रसर छौँः प्रधानमन्त्री पूर्वराष्ट्रपतिद्वय यादव र भण्डारीबीच भेटवार्ता सडक मर्मतमा ढिलाइ गरिए निर्माण व्यवसायीले ‘पेनाल्टी’ तिर्नुपर्ने हुन्छः मन्त्री घिसिङ मोटरसाइकल दुर्घटनामा घाइते भएका चालकको मृत्यु सन् २०२५ः अत्यन्त तातो वर्ष दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमान् घाइते राष्ट्रिय च्याउ दिवसः नेपालमा एक हजार १५० प्रजातिका च्याउ, सय प्रजातिका विषालु राजनीतिक स्थिरता र दिगो लोकतन्त्रका पक्षमा निर्वाचनः प्रधानमन्त्री खालिदा जियाको निधनमा शेख हसिनाद्वारा शोक व्यक्त कुल चौँसट्ठी दलले बुझाए समानुपातिकको बन्द सूची पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध प्रधानमन्त्रीद्वारा तमु ल्होसार तथा म्हैप्रु नकुमा पर्वको शुभकामना सुनचाँदीको मूल्यमा भारी गिरावट प्रधानमन्त्री कार्कीसँग राष्ट्रियसभा अध्यक्ष दाहालको शिष्टाचार भेट सरकारको एकीकृत वित्तीय विवरण पेस उत्तर कोरियाद्वारा क्रुज मिसाइल परीक्षण