२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १० जना पक्राउ

२०८१, २२ जेष्ठ मंगलवार ११:१२

जेठ २२, काठमाडौँ । काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ देउरालीबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ ५ सय ५० ग्रामसहित काठमाडौं नयाँ बसपार्क बस्ने लमजुङ राइनस नगरपालिका-७ घर भएका २८ वर्षीय राजन श्रेष्ठ र सुनसरी रामधुनी नगरपालिका-५ घर भएका ३६ वर्षीय निरोज दाहाललाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०२-०२९ प १४०५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।  

त्यस्तै झापाको अर्जुनधारा नगरपालिका-११ स्थितमा एम्बाप्पे होटल एण्ड लजको कोठा नम्बर १०१ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय ३० मिलिग्रामसहित सोही नगरपालिका-११ घर बताउने २९ वर्षीय मनिष प्रधान र पाँचथर फिदिम नगरपालिका-१ घर बताउने २० वर्षीया खिङतानुङ तामाङलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

त्यसैगरी पाल्पाको तानसेन नगरपालिका-२ मेहलधारास्थित डियास कटेजबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ६० मिलिग्रामसहित गुल्मी सत्यवती गाउँपालिका-४ घर भई हाल पाल्पा तानसेन नगरपालिका-६ बस्ने ४१ वर्षीय शिब प्रसाद बुढाथोकीलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

त्यस्तै बाँकेको कोहलपुर नगरपालिका-११ स्थित सुर्खेती सल्यानी होटलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ८ सय मिलिग्रामसहित २ जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कोहलपुर नगरपालिका-११ बस्ने कालिकोट घर भएकी ३० वर्षीया अप्सरा पुन मगर र सल्यान बनगाड कुपेन्डे नगरपालिका-८ बस्ने ३७ वर्षीय दिल बहादुर बुढा रहेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

यसैगरी बाँके, कोहलपुर नगरपालिका-१२ मसुरीखेत बस्ने २० वर्षीय सन्तोष रसाईलीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय १० मिलिग्रामसहित सोमबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थसहित पक्राउ गरेको हो । 

बर्दिया, गुलरिया नगरपालिका-११ गणेशपुर लौकाहीस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४ सय १० मिलिग्रामसहित मधुबन नगरपालिका-५ बस्ने १९ वर्षीय समिर सार्कीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी महम्मदपुर र जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

मोरङ, सुन्दरहरैचा नगरपालिका-६ बस्ने ३७ वर्षीय मनिष लिम्बुलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २ ग्राम ९ सय ७० मिलिग्रामसहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलबारी र प्रहरी चौकी गछियाबाट खटिएको प्रहरीले उनलाई उनकै घरबाट उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह