२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

बालेनविरुद्ध नाराबाजी ,कबाड व्यवसायीले काठमाडौँमा गरे यस्तो प्रदशन

२०८१, २ असार आईतवार ०९:२८

असार २, काठमाडौं । अदालतको आदेश विपरित काठमाडौं महानगरपालिकाले कबाड व्यवसायीमाथि गरेको तोडफोडको बिरुद्धमा शान्ति सुरक्षा एवं क्षतिपुर्तिको माग गर्दै काठमाडौंमा आज कबाड व्यवसायीले प्रदर्शन गरका छन् । 

काठमाडौंको माईतिघर मण्डलाबाट सुरु भएको र्याली नयाँबानेश्वर पुगेर कोणसभामा परिणत भएको थियो । हजारौंको सहभागितामा निकालिएको सो र्यालीमा सहभागिहरुले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका बिरुद्धमा चर्को नाराबाजी समेत गरेका छन् । 

‘बालेन चोर, कुर्सी छोड’, ‘हामी यहाँ छौं, बालेन तिमि कहाँ छौं’, ‘कबाड व्यवसायीलाई सुरक्षा दे’ लगायतका नारा उनीहरुले लगाएका छन् । यस्तै प्रदर्शनमा ‘छोटे राजाहरुको आतंक बन्द गर, कबाड व्यवसायीको रक्षा गर, कानुनी शासन लागु गर, अदालतको निर्णयको सम्मान गर’ जस्ता नाराहरु आन्दोलनकारीले लगाएका छन् । 

काठमाडौं महानगरपालिकाले अदालतको आदेश विपरित तोडफोडमा उत्रिएपछि कवाड व्यवसायी संघर्ष समितिले काठमाडौं उपत्यकाभित्र कबाड व्यवसायीहरुको सुरक्षा, समृद्धि र सम्मानका लागि बाध्य भएर आन्दोलनमा उत्रिएको कबाड व्यवसायीका नेता संजय साहले जनाएका छन् । 

पछिल्लो समय काठमाडौं महानगरका मेयर बालेन (बालेन्द) शाहले कानून तथा अदालतको अन्तरिम आदेश विपरित दुख दिन थालेपछि आन्दोलनमा उत्रिन बाध्य भएको साहले बताए । आफूहरुको माग सम्बोधन नभए माईतिघरमा धर्ना एवं प्रदर्शन मात्रै नभई कबाड व्यवसायीहरुले ४ असारमा काठमाडौं महानगरपालिका समेत घेराउ गर्ने जनाएका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह