२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

कप्तानीबारे के भन्छन् बाबर आजम ?

२०८१, ३ असार सोमबार ०८:४०

असार ३,  काठमाडौँ । पाकिस्तान आईसीसी टी २० विश्वकप २०२४ को समूह चरणबाट बाहिरिसकेको छ । अन्तिम खेलमा आयरल्यान्डमाथि सामान्य जितसँगै पाकिस्तानको विश्वकप यात्रा समाप्त भएको छ ।

पाकिस्तान सुपर ८ मा पुग्नबाट वञ्चित भएपछि कप्तान बाबर आजम आलोचना भइरहेको छ । धेरैले उनको राजीनामाको माग गरिरहेका छन् ।


पाकिस्तान टी–२० विश्वकपबाट बाहिरिएपछि बाबरले पत्रकार सम्मेलन गरेका थिए । पत्रकार सम्मेलनमा बाबरले भने, ‘खेलाडी, व्यवस्थापन, सबै दु:खी छन् । हामीले अपेक्षाअनुरूप खेल्न सकेनौं । हामीले क्षमताअनुसार खेल्न सकेनौं । टोलीका रूपमा हामीले राम्रो खेल्न सकेनौं । कुनै एक खेलाडीले हारेको होइन ।’

उनले यसअघि भने, ‘कहिले ब्याटिङमा राम्रो गर्यौं भने कहिले बलिङमा राम्रो गर्यौं । तपाईंले यहाँ पिच कस्तो थियो देख्नुभयो । यहाँको पिचले फास्ट बलरहरूलाई मद्दत गरिरहेको थियो तर, हाम्रो ब्याटिङले बुझ्न सकेन ।’

बाबरले कप्तानीको बारेमा पनि कुरा गरे । उनले भने, ‘पहिले पनि कप्तानी गर्न नपरोस् भन्ने लागेकोले त्यागेको थिएँ । पीसीबीले फिर्ता दियो । अब फर्किएर फेरि छलफल गर्छौं । जुन निर्णय हुन्छ, म स्वीकार्छु । निर्णय पीसीबीको हो ।’

समूह चरणमा पाकिस्तानले सुरूका दुई महत्वपूर्ण खेलमा हार व्यहोरेको थियो, त्यसपछि अन्तिम दुई खेलमा जित हात पारेपनि सुपर-८ को टिकट पाउन सकेन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह