२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

साउनदेखि जेठसम्म रोजगारीका लागि विदेशिए ६ लाख ८२ हजार, युरोप जाने बढ्दै

२०८१, ३ असार सोमबार १२:१८

असार ३, काठमाडौँ । चालु आव २०८०/८१ को साउनदेखि जेठ मसान्तसम्म वैदेशिक रोजगारीमा जानेको संख्या ६ लाख ८२ हजार पुगेको छ ।

वैदेशिक रोजगार विभागका अनुसार जेठमा मात्र ७२ हजार ६ सय ८१ जना रोजगारीका लागि विदेश गएका छन् । जसमा ६४ हजार ८ सय ८६ पुरुष र ७ हजार ९ सय ७५ महिला छन् । गत वैशाखमा ७० हजार व्यक्ति रोजगारीको खोजीमा विदेश गएका थिए ।

गत आर्थिक वर्ष २०७९/८० मा वैदेशिक रोजगारीमा जानेको संख्या ७ लाख ७१ हजार पुगेको थियो ।


चैतयता प्रत्येक महिना ७० हजार हाराहारीमा नेपालीहरू वैदेशिक रोजगारीमा गइरहेको विभागको तथ्याङ्क छ । यो तथ्याङ्कअनुसार साउनसम्म वैदेशिक रोजगारीमा जानेको संख्या साढे सात लाख पुग्ने देखिन्छ ।

विभागका निर्देशक एवं सूचना अधिकारी गुरुदत्त सुवेदीले रोजगारीको खोजीमा विदेश जाने नेपालीको संख्यामा कमी नआएको बताए । 

कुन महिनामा कति गए ?

विभागका अनुसार चालु आर्थिक वर्षको साउनमा ५५ हजार ५७५, भदौमा ५० हजार ८८४, असोजमा ५६ हजार २३५ र कात्तिकमा ४३ हजार ६२२ रोजगारीका लागि विदेश गएका छन् ।

मंसिरमा ६८ हजार २०१ र पुसमा ६५ हजार ८१३ नेपाली विदेश गएका छन् ।

त्यस्तै माघमा ६२ हजार १४७, फागुनमा ६५ हजार ६५८, चैतमा ७० हजार ९३३, वैशाखमा ७० हजार ६३७ र जेठमा ७२ हजार ६ सय ८१ जना रोजगारीका क्रममा विदेशिएको तथ्याङ्क छ ।

युरोप जाने बढ्दै

पछिल्लो वर्षमा नेपाली श्रमिकको नयाँ गन्तव्य युरोप बन्न थालेको छ । जेठ महिनामा क्रोएसियामा २ हजार ९२२ जना, रोमानियामा १ हजार ९४६ जना, साइप्रसमा ८९९, माल्टामा २८१ र प्रोचुगलमा १३९ जना रोजगारीका लागि पुगेका छन् ।

खाडी राष्ट्रको तुलनामा सेवासुविधा र श्रमिकमैत्री कानुन भएकाले पनि युरोप नेपालीहरूको आकर्षक गन्तव्य बनिरहेको वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले बताए ।

कुन देशमा कति गए?

यूएईका लागि जेठसम्म १ लाख ७४ हजार ९१७ जनाले श्रम स्वीकृति लिएका छन् । त्यस्तै जेठसम्म ८७ हजार जना मलेसिया गएका छन् ।

जेठमा मात्र संयुक्त अरब इमिरेट्स (यूएई)मा २० हजार ४२४ जना गएका छन् । त्यस्तै मेलेसियामा ८ हजार ७५२ जना पुगेका छन् ।

कतारमा ११ हजार ९७३, साउदी अरबमा १३ हजार ३६६ र कुवेतमा ३ हजार ४३२ जना रोजगारीका लागि पुगेका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह