१३ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

‘पुष्पा २’ को नयाँ रिलिज मिति घोषणा

४ असार २०८१, मंगलवार ०६:५३

असार ४, काठमाडौँ । अल्लु अर्जुन स्टारर तेलुगू फिल्म ‘पुष्पा : द रुल’ को नयाँ रिलिज मिति घोषणा भएको छ । 

यसअघि यो फिल्म अगस्ट १५ मा रिलिज हुने घोषणा गरिएको थियो । तर काम पूरा नभएकोले निर्माताले उक्त मितिमा फिल्म रिलिज हुन नसक्ने भन्दै अब डिसेम्बर ६ मा रिलिज गर्ने घोषणा गरेका छन्। 

‘पुष्पा’ निर्माताले सामाजिक सञ्जालमा एक पोस्ट राख्दै फिल्मको नयाँ रिलिज मिति घोषणा गरेका हुन् । यससँगै उनले फिल्म स्थगित गर्नुको कारण पनि सेयर गरेका छन् ।


फिल्मले गुणस्तरमा कुनै सम्झौता नगरी उत्कृष्ट सिनेमाको अनुभव दिन चाहेको उनले बताएका छन् । ‘यो सुनिश्चित गर्नका लागि फिल्म पूरा गर्न थप समय चाहिन्छ,’ उनले लेखेका छन् ।

यो फिल्मको पहिलो शृंखला ‘पुष्पा : द राइज’ ब्लकबस्टर भएको थियो । त्यसैले पनि दर्शकहरु अल्लु अर्जुनको पुष्पराज लुक्स हेर्न आतुर छन् ।

‘पुष्पा २’ निर्माण घोषणा गरेदेखि नै चर्चामा छ । पुष्पा २ को लोकप्रियताले यस्तो उचाइ छोएको छ कि यसका गीत र टिजरले १० करोड भन्दा बढी भ्युज गरेका छन् ।

सुकुमार निर्देशित फिल्ममा अल्लु अर्जुन, रश्मिका मन्दाना र  फहद फासिलको मुख्य भूमिका छ ।

‘पुष्पा २’ ले नयाँ रिलिज मिति घोषणा गरेसँगै श्रद्धा कपूरको स्ट्री २, जोन अब्राहमको वेद र अक्षय कुमारको वेदका निर्माताले राहत महसुस गरेका छन् । यी तीनै फिल्म अगस्ट १५ मा रिलिज हुँदैछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आइतबार एमाले सचिवालय बैठक निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता निर्वाचनलाई सफल बनाउन दलहरुसँग प्रधानमन्त्रीको आग्रह प्रधानमन्त्री कार्की र तीन शीष नेताबीच छलफल जारी जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छः गृहमन्त्री अर्याल जापानको टोकियो नजिकै सडक दुर्घटना, दर्जनौँ घाइते कानुनी र प्रक्रियागत अवरोध नहटाएसम्म द्रुत विकासको सपना पूरा हुँदैनः मन्त्री घिसिङ शान्ति प्रक्रियामा ६० दिनको युद्धविराम आवश्यकः जेलेन्स्की देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक प्रधानमन्त्री कार्कीसँग प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै शान्ति प्रयासमा कूटनीतिक समन्वय आवश्यकः ट्रम्प ७५० केजी गाँजासहित दुई जना पक्राउ लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ यी स्थानमा काटिदैछ बिजुली गाडीको ठक्करबाट एक जनाको मृत्यु रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल