२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

‘पुष्पा २’ को नयाँ रिलिज मिति घोषणा

२०८१, ४ असार मंगलवार ०६:५३

असार ४, काठमाडौँ । अल्लु अर्जुन स्टारर तेलुगू फिल्म ‘पुष्पा : द रुल’ को नयाँ रिलिज मिति घोषणा भएको छ । 

यसअघि यो फिल्म अगस्ट १५ मा रिलिज हुने घोषणा गरिएको थियो । तर काम पूरा नभएकोले निर्माताले उक्त मितिमा फिल्म रिलिज हुन नसक्ने भन्दै अब डिसेम्बर ६ मा रिलिज गर्ने घोषणा गरेका छन्। 

‘पुष्पा’ निर्माताले सामाजिक सञ्जालमा एक पोस्ट राख्दै फिल्मको नयाँ रिलिज मिति घोषणा गरेका हुन् । यससँगै उनले फिल्म स्थगित गर्नुको कारण पनि सेयर गरेका छन् ।


फिल्मले गुणस्तरमा कुनै सम्झौता नगरी उत्कृष्ट सिनेमाको अनुभव दिन चाहेको उनले बताएका छन् । ‘यो सुनिश्चित गर्नका लागि फिल्म पूरा गर्न थप समय चाहिन्छ,’ उनले लेखेका छन् ।

यो फिल्मको पहिलो शृंखला ‘पुष्पा : द राइज’ ब्लकबस्टर भएको थियो । त्यसैले पनि दर्शकहरु अल्लु अर्जुनको पुष्पराज लुक्स हेर्न आतुर छन् ।

‘पुष्पा २’ निर्माण घोषणा गरेदेखि नै चर्चामा छ । पुष्पा २ को लोकप्रियताले यस्तो उचाइ छोएको छ कि यसका गीत र टिजरले १० करोड भन्दा बढी भ्युज गरेका छन् ।

सुकुमार निर्देशित फिल्ममा अल्लु अर्जुन, रश्मिका मन्दाना र  फहद फासिलको मुख्य भूमिका छ ।

‘पुष्पा २’ ले नयाँ रिलिज मिति घोषणा गरेसँगै श्रद्धा कपूरको स्ट्री २, जोन अब्राहमको वेद र अक्षय कुमारको वेदका निर्माताले राहत महसुस गरेका छन् । यी तीनै फिल्म अगस्ट १५ मा रिलिज हुँदैछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह