२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

अल्का याग्निकलाई दुर्लभ नर्भ श्रवणशक्तिको समस्या

२०८१, ४ असार मंगलवार ०९:४०

असार ४, काठमाडौँ । भारतीय गायिका अल्का याग्निकलाई दुर्लभ न्युरो समस्या भएको छ । अल्काले इन्स्टाग्राममा एक पोस्ट गर्दै आफूलाई दुर्लभ सेन्सरी न्युरल नर्भ श्रवणशक्तिको समस्या भएको जानकारी दिएकी छन् ।

उक्त पोस्टमा उनले सोही कारण आफू केही समयदेखि हराएको समेत उल्लेख गरेकी छन् । ‘यो एक्कासि ठूलो झट्काले मलाई स्तब्ध बनाएको छ र यसबाट मुक्ति पाउन अझै प्रयास गरिरहेको छु,’ उनले भनेकी छन् ।

अल्काले पोस्ट सेयर गर्दै लेखेकी छन्, ‘मेरा सबै फ्यान, साथीभाइ, फलोअर्स र शुभचिन्तकहरू । केही साताअघि जब म फ्लाइटबाट बाहिर निस्कें, मलाई अचानक महसुस भयो म केही सुन्न सक्दिनँ । डाक्टरहरूले मलाई भाइरल आक्रमणका कारण दुर्लभ सेन्सरी नर्भ श्रवणशक्तिको क्षति भएको पत्ता लगाएका छन् । यो अचानक ठूलो झट्काले मलाई पूर्ण रूपमा चकित बनाएको छ । म यसबाट निको हुन खोज्दैछु । तपाईंहरु सबैको माया र साथले म मेरो जीवनलाई पुन: व्यवस्थित गर्न र छिट्टै तपाईंकहाँ फर्किने विश्वास गर्दछु ।’

अल्काको पछिल्लो स्वास्थ्य अवस्था थाहा पाएपछि फ्यानहरु चिन्तित बनेका छन् । उनीहरुले सामाजिक सञ्जालमार्फत उनको स्वास्थ्यलाभको कामना गरेका छन् ।

अल्काले चर्को संगीत र हेडफोनको एक्सपोजरमा सावधान रहन समेत आग्रह गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह