२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

संसद् भवनभित्र प्रहरी जवानद्वारा आत्महत्या: प्रेम सम्बन्धमा दरार आएपछि आफैंलाई गोली हाने

२०८१, ५ असार बुधबार ०८:१२

असार ५,  काठमाडौँ । बुधबार बिहान नयाँ बानेश्वरस्थित संसद् भवनभित्र मृत अवस्थामा भेटिएका प्रहरी जवानले प्रेम सम्बन्धमा दरार आएपछि आफैंलाई गोली हानेर आत्महत्या गरेको खुलेको छ। प्रहरी स्रोतका अनुसार उक्त घटनाको अनुसन्धानका क्रममा प्रहरी जवान अजित गोलेले प्रेम सम्बन्ध बिग्रिएपछि आफैंलाई गोली हानी आत्महत्या गरेको खुलेको हो। 

दोलखाको मेलुङ गाउँपालिका–४ घर भएका प्रहरी जवान २२ वर्षीय अजित गोले बुधबार बिहान संसद भवनको पश्चिमतर्फको २ नम्बर गेटको बायाँतर्फ रहेको शौचालयमा मृत भेटिएका थिए। घटनास्थल मुचुल्का उठाएर शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइसकिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले जानकारी दिए। 


घटनास्थल शौचालयको भित्तामा ठड्याएको अवस्थामा गोलेको मोबाइलसमेत बरामद भएको थियो। घटनास्थलमा भेटिएको मोबाइलबाटै आफैंलाई गोली हानेको प्रारम्भिक तथ्य खुलेको हो। ‘प्रेमिकाले वास्ता गर्न छाडेपछि उनले आत्महत्या गरेको देखिन्छ’, एक अनुसन्धान अधिकृतले उनले भने।

गोलेले प्रेमिकासँग विवाहका लागि इन्गेजमेन्टसमेत गरिसकेका थिए। पाँच महिनाअघि टिकाटालो भएपछि गोलेले प्रेमिकालाई आफ्नै खर्चमा दुबई पठाएका थिए। दुबई पुगेपछि प्रेमिकाले वास्ता गर्न छाडेको भन्दै उनीहरुबीच विवाद हुने गरेको थियो। मोबाइलमा भेटिएको कुराकानीबाटसमेत उक्त विवाद पुष्टि भएको प्रहरीले जनाएको छ। 

विवादका बेला उनले प्रेमिकालाई बेला–बेला मर्छु भन्दै म्यासेजहरुसमेत पठाउने गरेको भेटिएको छ। बुधबार बिहान आत्महत्या गर्नुअघि पनि मर्छु भन्दै म्यासेज गरेको र भिडियो कल गरेको देखिएको छ। भिडियो कल गरेपछि नै उनले प्रेमिकालाई देखाएर आफूले बोकेको हतियारले आफैंलाई गोली हानेको पाइएको प्रहरीले जनाएको छ। 

भुईँमा बन्दुक राखेर निधारतर्फ तेर्साएर खुट्टाले ट्रिगर दाबेको जस्तो देखिएको प्रहरी स्रोतले बताएको छ। उनी आजै बिहान ६ बजेदेखि १० बजेसम्मको ड्युटी पालोमा २ नम्बर गेटमा हतियारसहित सुरक्षार्थ खटिएका थिए।

प्रहरीको केन्द्रीय विशेष कार्यदलमा कपन दरबन्दी रही उनी संसद भवनमा खटिँदै आएका थिए। गत २८ जेठदेखि उनलाई संसद भवनमा खटाइएको थियो। कार्यदलमा कमाण्डो तालिम गरेको प्रहरी रहने भए पनि उनी भने कमाण्डो तालिम प्राप्त व्यक्ति होइनन्। उनले २०७८ सालमा प्रहरी जवानमा भर्ना भएका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह