१३ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

चिरपट प्रहारबाट एक जनाको मृत्यु, चिरपट हान्ने प्रहरी फन्दामा

५ असार २०८१, बुधबार १२:२८

असार ५,  सिरहा । सिरहामा मामाको छोराले चिरपट प्रहारगर्दा फूपुको छोराको मृत्यु भएको छ। गोलवजार नगरपालिका १० धर्मपुरका २८ वर्षिय फेकु भन्ने संजय सदाले आफ्नै फूपुको छोरा ४० वर्षिय गेनी सदायमाथि समान्य विवादमा चिरपट प्रहारगर्दा मृत्यु भएको हो । 

गएराती करिव १० बजे खानाखाने समयमा खानाकै विषयमा विवाद सुरु भएको थियो। विवादकै क्रममा संजयको चिर्पट प्रहारबाट गम्भिर घाइते दाई गेनीको उपचारको क्रममा आज विहान मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलवजारका प्रमुख इन्सपेक्टर शुनिल कार्कीले जानकारी दिए । 


समान्य विवादबाट सुरु भएको झगडा मदिरा पीएर मातेकाका कारण चिर्पट हानाहानमा हानाहानमा पुगेको  थियो। घटनामा संलग्न संजयलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटना राति नै भएपनि प्रहरीले विहान पाँच बजेमात्र जानकागरी पएका थिए।

जानकारी पाउनसाथ पुगेका अचेत अवस्थामा रहेका गेनीलाई उपचारको लागी गोलवजारस्थित अस्पतालमा ल्याइएपनि उपचारकै क्रममा मृत्यु भएको प्रहरी भनाइ छ । घटना स्थल मुचुल्लका उठाउने कार्य भईरहेको र शवलाई पोष्टमार्टमको लागी प्रादेशिक अस्पताल लहान लगिएको प्रहरीले जनाएको छ । 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आइतबार एमाले सचिवालय बैठक निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता निर्वाचनलाई सफल बनाउन दलहरुसँग प्रधानमन्त्रीको आग्रह प्रधानमन्त्री कार्की र तीन शीष नेताबीच छलफल जारी जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छः गृहमन्त्री अर्याल जापानको टोकियो नजिकै सडक दुर्घटना, दर्जनौँ घाइते कानुनी र प्रक्रियागत अवरोध नहटाएसम्म द्रुत विकासको सपना पूरा हुँदैनः मन्त्री घिसिङ शान्ति प्रक्रियामा ६० दिनको युद्धविराम आवश्यकः जेलेन्स्की देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक प्रधानमन्त्री कार्कीसँग प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै शान्ति प्रयासमा कूटनीतिक समन्वय आवश्यकः ट्रम्प ७५० केजी गाँजासहित दुई जना पक्राउ लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ यी स्थानमा काटिदैछ बिजुली गाडीको ठक्करबाट एक जनाको मृत्यु रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल