१३ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

अफगानिस्तानविरुद्धको खेलमा किन हातमा कालो पट्टी बाँधेर मैदानमा ओर्लिए भारतीय खेलाडीहरु?

७ असार २०८१, शुक्रबार ०८:५६

असार ७,  काठमाडौँ । आईसीसी टी–२० विश्वकपको सुपर–८ चरणमा बिहीबार राति भारत र अफगानिस्तानबिच खेल भएको थियो । त्यो खेलमा भारतले अफगानिस्तानलाई ४७ रनले हराएको थियो ।

अफगानिस्तानविरुद्धको उक्त खेलमा भारतीय खेलाडीहरु हातमा कालो पट्टी बाँधेर मैदानमा ओर्लिएका थिए । भारतीय खेलाडी खेलाडी कालो पट्टी बाँधेर विश्वकप खेल्न मैदानमा ओर्लिएपछि धेरैले सामाजिक सञ्जालतर्फत यस विषयमा चासो ब्यक्त गरेका थिए ।


खासमा भारतीय टोली अफगानिस्तानविरुद्धको खेलका लागि मैदानमा ओर्लनुअघि भारतका एक पूर्वक्रिकेटरको निधन भएको थियो । भारतीय टोलीबाट टेस्ट क्रिकेट खेलिसकेका पूर्वखेलाडी डेभिड जोन्सनले आत्महत्या गरेका थिए ।

सोही घटनाप्रति शोक ब्यक्त गर्दै भारतीय खेलाडी अफगानिस्तानविरुद्धको खेलमा हातमा कालो पट्टी बाँधेर मैदानमा ओर्लिएका हुन् । डेभिडले बिहीबार बेंगलुरुस्थित आफ्नै घरको चौथो तल्लाबाट फालहानेर आत्महत्या गरेका हुन् ।

५३ वर्षीय पूर्वक्रिकेटर डेभिडले आत्महत्या गर्नुको कारण भने खुलेको छैन । उनी आफ्नो घरनजिकै क्रिकेट एकेडेमी चलाउँथे । डेभिड जोन्सनले भारतका लागि दुईवटा टेस्ट पनि खेलेका थिए ।

उनले भारतका लागि अस्ट्रेलिया र दक्षिण अफ्रिकाविरुद्ध टेस्ट खेलेका थिए । टेस्ट क्रिकेटमा मध्यमतेज गतिका बलर डेभिडले तीनवटा विकेट पनि लिएका थिए ।

यसका अतिरिक्त डेभिडले ३९ वटा प्रथम श्रेणीको क्रिकेट खेल्दै कुल एक सय २५ विकेट लिएका थिए । उनलाई सन् १९९६ मा जवागल श्रीनाथको स्थानमा भारतीय टोलीमा स्थान दिइएको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आइतबार एमाले सचिवालय बैठक निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता निर्वाचनलाई सफल बनाउन दलहरुसँग प्रधानमन्त्रीको आग्रह प्रधानमन्त्री कार्की र तीन शीष नेताबीच छलफल जारी जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छः गृहमन्त्री अर्याल जापानको टोकियो नजिकै सडक दुर्घटना, दर्जनौँ घाइते कानुनी र प्रक्रियागत अवरोध नहटाएसम्म द्रुत विकासको सपना पूरा हुँदैनः मन्त्री घिसिङ शान्ति प्रक्रियामा ६० दिनको युद्धविराम आवश्यकः जेलेन्स्की देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक प्रधानमन्त्री कार्कीसँग प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै शान्ति प्रयासमा कूटनीतिक समन्वय आवश्यकः ट्रम्प ७५० केजी गाँजासहित दुई जना पक्राउ लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ यी स्थानमा काटिदैछ बिजुली गाडीको ठक्करबाट एक जनाको मृत्यु रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल