२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

रास्वपालाई पूर्वप्रधानमन्त्रीको सुझाव- पुराना पार्टीसँग बढी लसपस नगर्नू

२०८१, ७ असार शुक्रबार १०:२५

असार ७,  काठमाडौँ । सत्ता साझेदार दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले शुक्रबार दोस्रो स्थापना दिवस मनाएको छ । त्यस अवसरमा पार्टी कार्यालय, वनस्थलीमा आयोजित चियापान कार्यक्रममा उसले प्रधानमन्त्री, पूर्वप्रधानमन्त्रीदेखि सबै पार्टीका प्रमुख तथा प्रतिनिधिलाई निम्तो दिएको थियो ।

त्यसअनुरूप प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, माधवकुमार नेपाल, झलनाथ खनाल, डा. बाबुराम भट्टराईलगायत विभिन्न दलका नेताहरू चियापानमा पुगेका छन् ।

उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, जनमत पार्टीका अध्यक्ष डा. सीके राउत, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुर, नेकपा (माओवादी केन्द्र) का सचिव देवेन्द्र पौडेल, नेपाली कांग्रेसका नेता रामहरि खतिवडालगायत पनि पुगेका छन् ।

यसैगरी सभामुख देवराज घिमिरे, उपसभामुख इन्दिरा रानासहित नेपालस्थित कूटनीतिक नियोगका प्रतिनिधिसमेत त्यहाँ पुगेका छन् ।

त्यस क्रममा उनीहरूले रास्वपालाई शुभकामना भनेका छन् । सँगै केही सुझावसमेत दिएका छन् । शुभकामनासहित सुझाव दिने क्रममा पूर्वप्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले बढी पुराना पार्टीहरूसँग लसपस नगर्नु भनेका छन् ।

पुराना पार्टीहरूसँगको अहिलेको सहकार्यलाई तत्कालको सहकार्यको रूपमा लिनुपर्ने उल्लेख गर्दै उनले भने, “तर, साँच्चै देशको विकासका लागिचाहिँ नयाँ तथा वैकल्पिक शक्तिहरूसँग नै सहकार्य गर्नुपर्छ । पुराना शक्तिहरूसँगै बढी नै लसपस गर्न थालियो भने त्यसले चाहिँ रणनीतिमा नोक्सान पर्ने खतरा हुन्छ ।”

उनले सत्तासँग जोडिसकेपछि त्यसले पार्टीको गतिमा मन्दता ल्याउने उल्लेख गर्दै रास्वपाको सन्दर्भमा पनि त्यही भइरहेको टिप्पणी गरे ।

यस्तै पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले अवस्था परिवर्तन हुनेखाले कार्यक्रम ल्याउन सुझाव दिए । व्यवस्था फेरिए पनि अवस्था त्यस्तै रहेको भन्दै रास्वपा आएको स्मरण गराउँदै उनले भने, “अब अवस्था परिवर्तन हुनेखाले नीति ल्याउनुस्, कार्यक्रम ल्याउनुपर्‍यो ।”

अगाडि उनले भने, “मेरो समीक्षा यो छ कि रास्वपाको दुई वर्षप्रति; अवस्था परिवर्तन गर्नेखाले नीति तथा कार्यक्रम ल्याउन सकेन । अब यसतर्फ अगाडि बढ्नुस् ।”

रास्वपा अहिले सरकारमा छ । उपप्रधानसहित तीन मन्त्रालय छ उसँग । पुराना पार्टीहरूले जनअपेक्षित काम गर्न नसकेको भनेर उदाएको रास्वपा अहिले पुराना दलहरूसँगै सरकारमा रहेको भन्दै आलोचना सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण