१३ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

रास्वपालाई पूर्वप्रधानमन्त्रीको सुझाव- पुराना पार्टीसँग बढी लसपस नगर्नू

७ असार २०८१, शुक्रबार १०:२५

असार ७,  काठमाडौँ । सत्ता साझेदार दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले शुक्रबार दोस्रो स्थापना दिवस मनाएको छ । त्यस अवसरमा पार्टी कार्यालय, वनस्थलीमा आयोजित चियापान कार्यक्रममा उसले प्रधानमन्त्री, पूर्वप्रधानमन्त्रीदेखि सबै पार्टीका प्रमुख तथा प्रतिनिधिलाई निम्तो दिएको थियो ।

त्यसअनुरूप प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, माधवकुमार नेपाल, झलनाथ खनाल, डा. बाबुराम भट्टराईलगायत विभिन्न दलका नेताहरू चियापानमा पुगेका छन् ।

उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, जनमत पार्टीका अध्यक्ष डा. सीके राउत, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुर, नेकपा (माओवादी केन्द्र) का सचिव देवेन्द्र पौडेल, नेपाली कांग्रेसका नेता रामहरि खतिवडालगायत पनि पुगेका छन् ।

यसैगरी सभामुख देवराज घिमिरे, उपसभामुख इन्दिरा रानासहित नेपालस्थित कूटनीतिक नियोगका प्रतिनिधिसमेत त्यहाँ पुगेका छन् ।

त्यस क्रममा उनीहरूले रास्वपालाई शुभकामना भनेका छन् । सँगै केही सुझावसमेत दिएका छन् । शुभकामनासहित सुझाव दिने क्रममा पूर्वप्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले बढी पुराना पार्टीहरूसँग लसपस नगर्नु भनेका छन् ।

पुराना पार्टीहरूसँगको अहिलेको सहकार्यलाई तत्कालको सहकार्यको रूपमा लिनुपर्ने उल्लेख गर्दै उनले भने, “तर, साँच्चै देशको विकासका लागिचाहिँ नयाँ तथा वैकल्पिक शक्तिहरूसँग नै सहकार्य गर्नुपर्छ । पुराना शक्तिहरूसँगै बढी नै लसपस गर्न थालियो भने त्यसले चाहिँ रणनीतिमा नोक्सान पर्ने खतरा हुन्छ ।”

उनले सत्तासँग जोडिसकेपछि त्यसले पार्टीको गतिमा मन्दता ल्याउने उल्लेख गर्दै रास्वपाको सन्दर्भमा पनि त्यही भइरहेको टिप्पणी गरे ।

यस्तै पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले अवस्था परिवर्तन हुनेखाले कार्यक्रम ल्याउन सुझाव दिए । व्यवस्था फेरिए पनि अवस्था त्यस्तै रहेको भन्दै रास्वपा आएको स्मरण गराउँदै उनले भने, “अब अवस्था परिवर्तन हुनेखाले नीति ल्याउनुस्, कार्यक्रम ल्याउनुपर्‍यो ।”

अगाडि उनले भने, “मेरो समीक्षा यो छ कि रास्वपाको दुई वर्षप्रति; अवस्था परिवर्तन गर्नेखाले नीति तथा कार्यक्रम ल्याउन सकेन । अब यसतर्फ अगाडि बढ्नुस् ।”

रास्वपा अहिले सरकारमा छ । उपप्रधानसहित तीन मन्त्रालय छ उसँग । पुराना पार्टीहरूले जनअपेक्षित काम गर्न नसकेको भनेर उदाएको रास्वपा अहिले पुराना दलहरूसँगै सरकारमा रहेको भन्दै आलोचना सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आइतबार एमाले सचिवालय बैठक निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता निर्वाचनलाई सफल बनाउन दलहरुसँग प्रधानमन्त्रीको आग्रह प्रधानमन्त्री कार्की र तीन शीष नेताबीच छलफल जारी जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छः गृहमन्त्री अर्याल जापानको टोकियो नजिकै सडक दुर्घटना, दर्जनौँ घाइते कानुनी र प्रक्रियागत अवरोध नहटाएसम्म द्रुत विकासको सपना पूरा हुँदैनः मन्त्री घिसिङ शान्ति प्रक्रियामा ६० दिनको युद्धविराम आवश्यकः जेलेन्स्की देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक प्रधानमन्त्री कार्कीसँग प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै शान्ति प्रयासमा कूटनीतिक समन्वय आवश्यकः ट्रम्प ७५० केजी गाँजासहित दुई जना पक्राउ लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ यी स्थानमा काटिदैछ बिजुली गाडीको ठक्करबाट एक जनाको मृत्यु रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल