असार ७, काठमाडौँ । धेरैले उपाधिको दाबेदारका रूपमा हेरेको इंग्ल्याण्ड ‘युरो कप २०२४’ समूह चरणको आफ्नो दोस्रो खेलमा डेनमार्कविरुद्ध कठिन संघर्ष गर्दै गरेको देखियो । जर्मनीको फ्र्यांकफर्टमा कप्तान ह्यारी केनको गोलसँगै सुरुवाती अग्रता बनाएको इंग्ल्याण्डले त्यो जोगाउन सकेन । १८औँ मिनेटमा एक गोलको अग्रता लिए पनि ३२औँ मिनेटमा मोर्टन जुलमण्डको गोलसँगै यसअघिको उपविजेता इंग्ल्याण्ड बराबरीमा फर्कियो । त्यसपछि निराशाजनक प्रदर्शन गरेको टिमले एक खेलअगाडि नै अन्तिम १६ को सिट सुरक्षित गर्ने मौका गुमायो । खेल १–१ गोलको बराबरीमै सकिएको थियो ।
एक गोलपछि निरन्तरको निराशाजनक प्रदर्शनका बीच कप्तान केनलाई नै मैदानबाट निकालियो । गेरेथ साउथगेटको टिम निकै सुस्त तथा दिशाहीन थियो । बलियो मानिएको टिम डेनमार्कसामु हायलकायल भएको देखिन्थ्यो । जित फर्काउन गरेको कठिन संघर्षका बावजूद टिम इंग्ल्याण्डलाई डेनमार्कले सफल हुन दिएन । गेरेथले जितका लागि हाफपछि धमाधम खेलाडीहरू परिवर्तनको नीति पनि लिए तर टिमको केही लागेन ।
एक जित एक बराबरीका साथ इंग्ल्याण्ड अहिले पनि समूह सीको शीर्ष स्थानमा छ । मंगलबार स्लोभेनियाविरुद्धको खेलसँगै अन्तिम १६ मा स्थान सुरक्षित गर्न सक्छ । स्लोभेनिया र सर्बियाबीच बराबरी भएसँगै इंग्ल्याण्डले डेनमार्कमाथि जित निकालेको भए अन्तिम १६ मा पुग्ने थियो । यसअघि इंग्ल्याण्डले सर्बियालाई १ ० ले पराजित गर्दा स्लोभानियासँग डेनमार्क बराबरीमा रोकिएको थियो ।
गएराति नै भएको अर्को खेलमा स्पेनले साविक विजेता इटालीलाई १–० गोलले पराजित गर्यो । आज साँझ ६ः४५ बजे स्लोभाकिया र युक्रेन तथा ९ः४५ बजे पोल्याण्ड र अस्ट्रियबीच खेल हुने छ ।
१४ जुलाईसम्म चल्ने प्रतियोगितामा कुल २४ टिम सहभागी छन् । यसअघि सन् २०२१ को संस्करणमा इंग्ल्यान्डलाई पराजित गर्दै इटाली च्याम्पियन बनेको थियो ।
२४ टिमलाई ६ समूहमा विभाजित गरिएको छ । प्रत्येक समूहमा ४ टिम छन् । आयोजक जर्मनी टिम ग्रुप ‘ए’मा छ । साबिक विजेता इटाली ग्रुप ‘बी’मा छ, जसलाई ‘ग्रुप अफ डेथ’ पनि भनिन्छ । ग्रुप ‘बी’ इटालीसहित स्पेन, क्रोएसिया र अल्बानिया छन् ।
क्रिस्टियानो रोनाल्डोको टिम पोर्चुगलको ग्रुप ‘एफ’मा टर्की, जर्जिया र चेक रिपब्लिकलाई राखिएको छ । किलियन एम्बाप्पेको टिम फ्रान्स ग्रुप ‘डी’मा छ, जसमा पोल्यान्ड, नेदरल्यान्ड्स र अस्ट्रिया छन् । नेपालमा सोनी सिक्सबाट युरो कपका खेलहरू हेर्न पाइने युरोपेली फुटबल महासंघको वेबसाइटमा उल्लेख छ ।
कुन ग्रुपमा कुन-कुन टिम ?
ग्रुप ए
जर्मनी
स्कटल्यान्ड
हङ्गेरी
स्विट्जरल्यान्ड
ग्रुप बी
स्पेन
क्रोएसिया
इटाली
अल्बानिया
ग्रुप सी
स्लोभेनिया
डेनमार्क
सर्बिया
इंग्ल्यान्ड
ग्रुप डी
पोल्यान्ड
नेदरल्यान्ड्स
अस्ट्रिया
फ्रान्स
ग्रुप ई
टर्की
जर्जिया
पोर्चुगल
चेक रिपब्लिक