२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

गान्धी मनमोहन मार्ग ५ वर्षसम्म पनि बनेन

२०८१, ८ असार शनिबार ०६:५९

असार ८, मोरङ | मोरङको रंगेली देखि गान्धीआश्रम हुँदै पथरी जोड्ने गान्धी मनमोहन मार्ग विगत ५ वर्ष देखि लथालिङ्ग अवस्थामा छ । कान्छाराम कन्ट्रक्सनको लाहपर्वाहीका कारण यस क्षेत्रका बासिन्दाले वर्खामा हिलो र हिउँदमा धुलो खान बाध्य छन् ।

२०७६ साल कार्तिकमा नेपाल सरकारले १ अर्ब ५५ करोड ७३ लाख रुपैँयामा २५ किलोमिटर बाटो कालोपत्रे गर्नका लागि सम्झौता गरेको थियो । ३ वर्षमा निर्माण कार्य सक्नेगरी सम्झौता भएपनि पटक पटक म्याद थप गर्दा पनि हालसम्म सडकको नाला बाहेकको काम भएको छैन् । पटक पटक पहल गर्दा पनि काम गर्न तत्परता नदेखाएको निर्माण कम्पनीले हालसम्म नालाको काम मात्रै गरेको छ । सडकमा पानी जम्ने, मान्छै नै लड्नेगरीका ठुला ठुला खाल्डा परेपछि समस्या भएको रंगेली ७ का सत्यनारायण शाहले बताए ।

उक्त सडक निर्माणका लागि रंगेलीको भोटेबाबु चोकदेखि सुनवर्षीको सिमानासम्म नगरपालिकाले ५२ फुट सडक निर्माणका लागि आवश्यक संरचनाहरू सबै हटाएर तयारी अवस्थामा राखेको छ तर निर्माण कम्पनी कानका तेल हालेर बसेको अवस्था छ । विद्यार्थीहरु विद्यालय जाँदा जाँदै हिलै हुने अवस्था रहेको स्थानीय सम्पत राजवंशीले बताए ।

यो सडक निर्माणका लागि पथरीशनिश्चरे, सुनवर्षी र रंगेली नगरपालिकाका मेयरहरुले पटक पटक जिल्ला पशासन कार्यालयमा छलफल राख्दा समेत काम हुन सकेको छैन् । अब पनि काम नगरे नगरसभा सकेर प्रकृया अनुसार नगरले नै काम थाल्ने रंगेली नगरपालिकाका मेयर दिलिप बगडीयाले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण