१३ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

हात्तीको २ दारासहित पर्साबाट ३ जना पक्राउ

८ असार २०८१, शनिबार ११:४५

असार ८, वीरगन्ज । पर्सा जिल्लाको पश्चिमी भेगबाट प्रहरीले हात्तीको दुईवटा दारा सहित तीनजना मानिसलाई पक्राउ गरेको छ ।  स्थानिय ठोरी गाउँपालिका ४  गोरखपुर टोलमा प्रहरीले बिशेष सूचनाको आधारमा २० किलोग्राम भन्दा बढी तौल भएको दुईवटा हात्तीको दारा बरामद गरेको हो ।

पर्सा प्रहरी प्रवक्ता डिएस्पी दिपक भारतीले ठोरीको गारेखपुर टोलमा हात्तीको दारा खरिद बिक्री भइरहेको गोप्य सूचना आएपछि प्रहरी टोली परिचालन गरिएको बताए । स्थानीय चन्द्र परियारको खेतमा खाल्डो खनेर जमीन मुनि राखिएको अवस्थामा उक्त दुईवटा दारा बरामद भएको प्रहरी प्रवक्ता  भरतीले जानकारी दिएका छन ।

हात्तीको दारा ओसारपसार र बिक्री बितरणमा संलग्न रहेको आरोपमा ठोरीको विजयवस्ती गुम्बालाइनका ४१ वर्षीय कुइसंग लामा, वीरगन्ज महानगरपालिका १४ का प्रेम शर्मा र वडा ३१ का अमिरीलाल महतोलाई प्रहरीले पक्राउ गरेको  छ ।  पक्राउ परेकाहरुको साथबाट प्रहरीले नेपाली ५० रुपैयाको नोटमा सूचना स्वरुप मिति लेखिएको भिडियो र फोटो समेत बरामद गरेको छ ।

डिभिजन वन कार्यालय पर्साको सहकार्यमा  अनुसान्धान भईरहेको प्रवक्ता भारतीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आइतबार एमाले सचिवालय बैठक निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता निर्वाचनलाई सफल बनाउन दलहरुसँग प्रधानमन्त्रीको आग्रह प्रधानमन्त्री कार्की र तीन शीष नेताबीच छलफल जारी जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छः गृहमन्त्री अर्याल जापानको टोकियो नजिकै सडक दुर्घटना, दर्जनौँ घाइते कानुनी र प्रक्रियागत अवरोध नहटाएसम्म द्रुत विकासको सपना पूरा हुँदैनः मन्त्री घिसिङ शान्ति प्रक्रियामा ६० दिनको युद्धविराम आवश्यकः जेलेन्स्की देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक प्रधानमन्त्री कार्कीसँग प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै शान्ति प्रयासमा कूटनीतिक समन्वय आवश्यकः ट्रम्प ७५० केजी गाँजासहित दुई जना पक्राउ लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ यी स्थानमा काटिदैछ बिजुली गाडीको ठक्करबाट एक जनाको मृत्यु रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल