२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

म संसारकै भाग्यमानी छु झैँ लाग्छ: समीक्षा अधिकारी

२०८१, ११ असार मंगलवार ११:१८

असार ११,  काठमाडौँ । गायिका समीक्षा अधिकारीले रिस राग र डाहा मनमा पालेर केही नहुने बताएकी छन् । उनले आफू उठ्नै लाग्दा बेस्सरी ठेस लागेर लडेकी चेली भएको उल्लेख गर्दै सो क्रममा धेरैको साथ पाएकाले आफूलाई  संसारकै भाग्यमानी ठान्ने गरेको बताइन् । 

‘सबैलाई एक दिन मर्नु नै पर्छ। बाँचुन्जेल रिस राग र डाहा मनमा पालेर के नै हुन्छ र ?’ अधिकारीले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन्, ‘म त झन् उठ्नै लाग्दा बेस्सरी ठेस लागेर लडेकी चेली पो हुँ त। मलाई उठ्न धेरैले हात दिनुभएको छ। साथ दिनुभएको छ। यसै कारण म संसारकै भाग्यमानी छु झैँ लाग्छ।’

उनले आफू सबै कलाकारको सफलतामा खुसी हुने गरेको पनि बताएकी छन् । ‘असफल हुँदा खुसी हुनेहरू धेरै भेटिन्छन्। थोरै पनि सफलता मिल्दा खुट्टा तान्नेहरू झनै कत्ति कत्ति। म चाहन्छु, सबै कलाकारहरूलाई सफलता मिलोस्, उहाँहरूको गीत चलोस्, फिल्म चलोस्। रुँदै हिँड्न नपरोस्’, अधिकारीको भनाइ छ । 

अधिकारी पछिल्लो समयकी चर्चित गायिका हुन् । उनी हाल देश–विदेशमा आफ्नो साङ्गीतिक प्रस्तुतिमा व्यस्त रहँदै आएकी छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु