२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्रवास

अष्ट्रेलियामा कारको ठक्करबाट नेपालीको मृत्यु

१७ असार २०८१, सोमबार ०७:४८

असार १७, सिडनी । अष्ट्रेलियाको सिड्नीमा कारको ठक्करबाट एक नेपालीको मृत्यु भएको छ । आफ्नो छोरीको २५औँ विवाह वार्षिकोत्सवमा भाग लिन गएका ७९ वर्षीय वृद्धको आइतबार राति कारको ठक्करबाट मृत्यु भएको हो । उनको नाम र नेपालको ठेगाना भने खुलेको छैन ।

प्रहरीले घटनामा संलग्न रहेको कार सार्वजनिक गरेको छ । अनुसन्धानमा संलग्न प्रहरीले सो घटनाका बारेमा जानकारी दिएर मदत गर्न सर्वसाधारणलाई अपील गरेका छन् । 


प्रहरीले त्यहाँ रहेको सीसीटीभी फुटेज सार्वजनिक गर्दै कार ‘हिट एन्ड रन’मा संलग्न भएको देखाइएको छ । आइतबार राति सडकको छेउमा एक मानिस घाइते भएको सुनेपछि इमर्जेन्सी सर्भिसको टोली घटना भएको अबेल रोडमा आइतबार राति ११.४५मा पुगेको थियो । स्वास्थ्यकर्मीले उनलाई बचाउने प्रयास गरे पनि सम्भव नभएको बताइएको छ ।

विचलित अवस्थामा भएकी उनकी छोरीले बाबुलाई मदत नगरी भाग्ने चालकप्रति आक्रोश पोखेकी छन् । हिट एन्ड रनमा संलग्न रहेको कारको सीसीटीभी फुटेज प्रहरीले सार्वजनिक गरेको छ । सो फुटेज एउटा छिमेकीको घरबाट लिइएको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान