२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्रवास

मिस्टर बिस्टको अस्ट्रेलिया ‘गिभअवे’मा रस्मीताले हात पारिन् करीब ३ करोड बराबरको मस्ट्याङ कार

१७ असार २०८१, सोमबार १२:१२

असार १७,  काठमाडौँ । मिस्टर बिस्टको ‘गिभअवे’मा एक जना नेपालीले मस्टयाङ कार पाएकी छिन् । गत जुन २७ मा अस्ट्रेलियाको सिड्नीमा भएको ‘गिभअवे’मा रस्मीता बस्नेतले मस्ट्याङ कार पाएकी हुन् ।

मिस्टर बिस्टले जुन २३ का दिन अस्ट्रेलिया ‘फेस्टिभल चकलेट बार’ लन्च गरेका थिए । साथै एक ‘गिभअवे’ र कम्पिटिशन’ को घोषणा पनि गरेका थिए । जसमा मिस्टर बिस्टले लन्च गरेको चकलेट बार खरिद गर्दा निश्चित मानिसहरू बिस्टले ‘गिभअवे’ गर्ने गाडीहरूका लागि कम्पिटिशनमा भाग लिन पाउने थिए ।


उक्त कम्पिटिशनमा नेपालकी रस्मिता बस्नेत पनि परेकी थिइन् । ‘गिभअवे’मा छनोट भएका सबैलाई १० वटा खाली प्वालहरूमा केहि परबाट बल छिराउनु पर्थ्यो । १० खाली प्वालहरूमा १० वटा कारहरूका नाम लेखिएका थिए । छनोट भएका मानिसहरूले जुन खाली ठाउँमा बल छिराउन सफल भए त्यसलाई उक्त कार ‘गिभअवे’ गरिएको थियो ।

सोहि कम्पिटिशनमा भाग लिएकी रस्मिता बस्नेतले मस्ट्याङ नामक कार उल्लेख भएको प्वालमा बल छिराउन सफल भएकी थिइन् । बस्नेतलाई मिस्टर बिस्टले मस्ट्याङ कार उक्त दिन नै हस्तान्तरण गरिएको भिडियोमा देखाइएको छ ।

गत साताको बिहिबार सिड्नीको ओपेर हाउमा गरिएको ‘गिभअवे’ मस्ट्याङ आर स्पेस नामक कारको मूल्य १ लाख ५७ हजार ५७० अमेरिकन डलर अर्थात् २ करोड ९३ लाख ६० हजार नेपाली रुपैयाँ हुन जान्छ ।

मिस्टर बिस्ट र उनको टिमले आधिकारिक रूपमा उक्त कार गिभअवेको भिडियो अथवा लिखित घोषणा गरेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली