२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्रवास

मिस्टर बिस्टको अस्ट्रेलिया ‘गिभअवे’मा रस्मीताले हात पारिन् करीब ३ करोड बराबरको मस्ट्याङ कार

२०८१, १७ असार सोमबार १२:१२

असार १७,  काठमाडौँ । मिस्टर बिस्टको ‘गिभअवे’मा एक जना नेपालीले मस्टयाङ कार पाएकी छिन् । गत जुन २७ मा अस्ट्रेलियाको सिड्नीमा भएको ‘गिभअवे’मा रस्मीता बस्नेतले मस्ट्याङ कार पाएकी हुन् ।

मिस्टर बिस्टले जुन २३ का दिन अस्ट्रेलिया ‘फेस्टिभल चकलेट बार’ लन्च गरेका थिए । साथै एक ‘गिभअवे’ र कम्पिटिशन’ को घोषणा पनि गरेका थिए । जसमा मिस्टर बिस्टले लन्च गरेको चकलेट बार खरिद गर्दा निश्चित मानिसहरू बिस्टले ‘गिभअवे’ गर्ने गाडीहरूका लागि कम्पिटिशनमा भाग लिन पाउने थिए ।


उक्त कम्पिटिशनमा नेपालकी रस्मिता बस्नेत पनि परेकी थिइन् । ‘गिभअवे’मा छनोट भएका सबैलाई १० वटा खाली प्वालहरूमा केहि परबाट बल छिराउनु पर्थ्यो । १० खाली प्वालहरूमा १० वटा कारहरूका नाम लेखिएका थिए । छनोट भएका मानिसहरूले जुन खाली ठाउँमा बल छिराउन सफल भए त्यसलाई उक्त कार ‘गिभअवे’ गरिएको थियो ।

सोहि कम्पिटिशनमा भाग लिएकी रस्मिता बस्नेतले मस्ट्याङ नामक कार उल्लेख भएको प्वालमा बल छिराउन सफल भएकी थिइन् । बस्नेतलाई मिस्टर बिस्टले मस्ट्याङ कार उक्त दिन नै हस्तान्तरण गरिएको भिडियोमा देखाइएको छ ।

गत साताको बिहिबार सिड्नीको ओपेर हाउमा गरिएको ‘गिभअवे’ मस्ट्याङ आर स्पेस नामक कारको मूल्य १ लाख ५७ हजार ५७० अमेरिकन डलर अर्थात् २ करोड ९३ लाख ६० हजार नेपाली रुपैयाँ हुन जान्छ ।

मिस्टर बिस्ट र उनको टिमले आधिकारिक रूपमा उक्त कार गिभअवेको भिडियो अथवा लिखित घोषणा गरेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा