९ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

धारा ७६ (२) अनुसार नै नयाँ सरकार बन्छ : एमाले

२३ असार २०८१, आईतवार ०६:४६

असार २३, काठमाडौँ । नेपाली कांग्रेससँग नयाँ सत्ता समीकरणको अन्तिम तयारीमा रहेको नेकपा एमालेले अब बन्ने सरकार संविधानको धारा ७६ (२) बमोजिम नै बन्ने दाबी गरेको छ। 

आइतबार नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बसेको संसदीय दलको बैठकले सर्वोच्च अदालतका नजिर, राजनीतिक, संवैधानिक र व्यवहारिक लगायत सबै कारणहरूबाट धारा ७६ (२) बमोजिम नै सरकार बन्ने स्पष्ट पारेको हो। 


‘यसका व्यवहारिक, सर्वोच्च अदालतका नजिरहरू, राजनीतिक, संवैधानिक सबै कारणले गर्दा पनि ७६(२) बमोजिम नै सरकार बन्छ। पहिलो कुरा, हाम्रा अभ्यासहरू त्यही नै छन्,’ बैठकपछि पार्टी प्रमुख सचेतक महेश बर्तौलाले भने, ‘दुई ठूला दलहरू नेकपा एमाले र नेपाली कांग्रेसल मिलेर सरकार निर्माण गर्ने भनिसकेपछि त्यो आधारबाट पनि ७६(२) बमोजिम अघि बढ्न सक्छौँ।’

उनले कोसी र गण्डकी प्रदेशको नजिरबारे व्याख्या गर्दै केन्द्रमा पनि त्यस्तै हुने पनि बताए। 

‘सर्वोच्चका केही नजिरहरू पनि छन्। अहिले गण्डकी प्रदेश सरकार १६८ (२) बमोजिमको हो। पहिलो खगराज अधिकारी माननीयज्यूको सरकार  १६८ (२) बमोजिमको थियो,’ बर्तौलाले भने, ‘अहिले पनि  १६८ (२) बमोजिमककै छ। त्यस्तै, कोसीमा १६८ (५) बमोजिम भयो, पछाडि अहिले त्यही धारा बमोजिम बन्यो।’

उनले संविधानको धारा ७६ (३) बमोजिम सरकार बनाउनुपर्ने भन्दै अहिले राजनीतिक वृत्तमा भ्रमपूर्ण प्रचार गर्न खोजिएको बर्तौलाको भनाइ थियो। 

‘अर्को कुरा, ७६ (३) बमोजिम बन्ने सरकार भनेको नेपाली कांग्रेस ठूलो दलको हिसाबले सरकार बनाउने भन्ने व्याख्या गर्न खोजिएको छ। यो संविधानलाई भ्रमपूर्ण प्रचार गर्न खोजिएको विषय हो,’ उनले भने। 

उनले अघि थपे, ‘संविधानको धारा ७६ (३) बमोजिम बन्छ भनेको सरकार स्वयंले नेपालको संविधानको धारा ७६ (२) बमोजिम नयाँ सरकार बनाउन नेपाली कांग्रेस र एमाले यसरी जाँदैछौँ भन्ने कुराको एउटा समझदारी बनाएर अघि बढेको अवस्था छ। यो भनिरहेको भनेको मुलुकलाई अस्थिरतातर्फ लान सकिन्छ कि भन्ने खालको षड्यन्त्र हो। यो सरकार ७६(२) बमोजिमबाटै बन्छ। अन्य विषय केवल भ्रम सिर्जना गर्न खोजिएको पनि हो।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना वैदेशिक रोजगार व्यवसायीद्वारा सरकारी निर्णयको स्वागत ठगीको अभियोगमा पक्राउ उत्तरपूर्वी पाकिस्तानमा आक्रमण, पाँच जना प्रहरीको मृत्यु राष्ट्रपतिसँग प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको भेट कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार राष्ट्रपतिसँग बिदाइ भेट पेट्रोल छर्केर आगो लगाइ हत्या गरेको अभियोगमा पक्राउ जेन्जी आन्दोलनका शहिदः भ्रष्टाचार अन्त्यको भएको देख्ने छत्रमानको सपना बालेनलाई प्रधानमन्त्री बनाउने छलफलमा प्रवेश गरेका छैनौँ : रवि लामिछाने कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार बस्ने मन्त्रीद्वयद्वारा नेपाली कांग्रेसको कार्यालय निरीक्षण ‘राष्ट्रिय सुरक्षाका लागि’ ग्रिनल्यान्ड चाहिन्छ : ट्रम्प काठमाडौँको तापक्रम आज यस वर्षकै कम नयाँ नेतृत्वका साथ कांग्रेस चुनावमा सहभागी हुनुपर्छ : नेता पौडेल दुई नाबालकसहित ११ कैदीबन्दी पक्राउ मदुरोमाथि ट्रम्पको दबाब महान्यायाधिवक्ता कार्यालयले न्याय प्रणालीलाई प्रभावकारी बनाउँदै लगेको छ : प्रधानन्यायाधीश पाँच महिनामा साढे छ खर्ब व्यापार घाटा