2026-10-20 10:18 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह

काठमाडौँ | प्रधानमन्त्री बालेन्द्र शाहले काठमाडौँ उपत्यकाका नदी किनारमा रहेका जोखिमपूर्ण बस्तीहरूको दीर्घकालीन समाधानका लागि सरकार सक्रिय रहेको बताएका छन् । हरेक वर्ष दोहोरिने बाढीका कारण हजारौँ नागरिक विस्थापित हुने अवस्था अन्त्य गर्न अब ढिलाइ नगर्ने उनको भनाइ छ ।

प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत विगतका वर्षहरूमा बाढीका कारण नदी किनारका बासिन्दाले ज्यान जोगाउन मात्र भाग्नुपरेको र आफ्नो सम्पत्ति छाड्नुपरेको पीडादायी अवस्थाको स्मरण गराउँदै यस्तो समस्या अब दोहोरिन नदिने बताएका छन् । “अब पनि दुर्घटना पर्खेर बस्ने कि नागरिकको जीवन सुरक्षित बनाउने ?” भन्ने प्रश्न गर्दै उनले जोखिममा रहेका बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नु नै उपयुक्त विकल्प भएको उल्लेख गरेका छन् ।

उनकाअनुसार थापाथली, गैरीगाउँ, मनोहरा लगायत क्षेत्रमा रहेका बस्तीहरूलाई बल प्रयोग नगरी मानवीय ढंगले स्थानान्तरण गरिनेछ । यस कदमले बाढी जोखिम न्यूनीकरणसँगै काठमाडौँको ढल निकास प्रणाली सुधारमा समेत सहयोग पुग्ने सरकारको विश्वास छ । नदी किनारका अव्यवस्थित बस्तीका कारण ढल व्यवस्थापनमा अवरोध हुँदै आएको र यसले नदीहरू प्रदूषित बनाएको उनले बताए ।

प्रधानमन्त्री शाहले आफूले उम्मेदवार हुँदा गरेका प्रतिबद्धता, राष्ट्रिय स्वतन्त्र पार्टीको वाचापत्र तथा सरकारका ‘१०० प्राथमिक काम’ भित्र समेटिएका सुकुम्बासी व्यवस्थापन र सरकारी जग्गा अतिक्रमण नियन्त्रणका कार्यक्रमलाई कार्यान्वयनमा ल्याउने तयारी भइरहेको पनि स्पष्ट पारे । सरकारले वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याएर वास्तविक पीडितलाई जग्गा उपलब्ध गराउने प्रक्रिया अघि बढाउने जनाएको छ । देशभर रहेका लाखौँ सुकुम्बासीको समस्या समाधान गर्ने दीर्घकालीन योजना बनाइरहेको सरकारको दाबी छ ।

प्रधानमन्त्री शाहले नागरिकलाई आश्वस्त पार्दै जोखिमरहित बसोबास व्यवस्था नागरिकको मौलिक अधिकार भएको र त्यसको सुनिश्चितता गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ