९ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सौर्य एयर दुर्घटनाका घाइते पाइलट शाक्यलाई आईसीयूबाट वार्डमा सारियो

११ श्रावण २०८१, शुक्रबार ०७:२३

साउन १०, काठमाडौँ । गत बुधबार (साउन ९) सौर्य एयरको विमान दुर्घटनामा घाइते भएका पाइलट (क्याप्टेन) मनिष रत्न शाक्यलाई आईसीयूबाट नर्मल वार्डमा सारिएको छ। काठमाडौँ मेडिकल कलेज तथा शिक्षण अस्पतालका निर्देशक प्रा.डा. मीना थापाका अनुसार, उनलाई शुक्रबार बिहान आईसीयूबाट  नर्मल वार्डमा सारिएको हो। 

दुर्घटनालगत्तै सुरुमा शाक्यलाई आकस्मिक कक्ष (ईमर्जेन्सी)मा पुर्‍याइएको थियो। जतिबेला उनको आँखामा चोट लागेको थियो भने शरिरका अन्य भागबाट रगत आएको थियो। केहीबेर आकस्मिक कक्षमा उपचार गरेपछि शाक्यलाई सोही दिन आईसीयूमा लगेर उपचार थालिएको थियो। 

चिकित्सकहरूले उनको मेरुदण्डमा समस्या रहेको भन्दै अपरेसन गर्नुपर्ने बताएका थिए। यद्यपि, अहिलेसम्म उनको मेरुदण्डको अपरेसन भएको छैन। 

‘अपरेसन गर्ने कि नगर्ने भन्नेबारे हड्डीको विशेषज्ञसँग कुरा हुँदैछ,’ डा. थापाले भनिन्। 

त्यस्तै, उनले आईसीयू कक्षबाटै बिहीबार घटनाबारे सामान्य जानकारी दिएका थिए। ।’ उनका अनुसार, त्यतिबेला उनले आफूले टेकअफ गरेर १ सय मिटर माथि पुग्नेबित्तिकै जहाज आफ्नो कन्ट्रोलमा नआएको चिकित्सकहरूसँग सुनाएका थिए। 

‘यो दुर्घटनाबारे छानबिन सुरु भइसकेको छ। छानबिनको विषय भएकाले हामीले उपचारमा रहनुभएका पाइलटसँग धेरै सोध्ने कुरा भएन।’

विमानस्थलको कोटेश्वरतर्फ रनवे ०२ बाट उडेको सौर्यको विमान बिहान ११ बजेर ११ मिनेटमा दुर्घटनामा परेको थियो। विमान दुर्घटनामा १८ जनाको ज्यान गएको थियो।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी सबै रिटमा एकैसाथ सुनुवाइ हुने प्रधानमन्त्रीसँग सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीको भेट छ वटा राजनीतिक दल खारेज नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी रुग्ण ठेक्का रद्द गरेर अलपत्र आयोजनालाई गति दिँदै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो भारतको आसाममा भएको झडपमा दुई जनाको मृत्यु, ४० भन्दा बढी घाइते केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ निर्वाचन हुने÷नहुने बहस अब निरर्थकः कार्यवाहक प्रमुख आयुक्त भण्डारी मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु टर्कीमा विमान दुर्घटना, लिबियाका सेना प्रमुखसहित ८ जनाको मृत्यु ‘सरकारको मुख्य कार्यभार निर्वाचन गराउनु हो’ पूर्वप्रम खनालकी पत्नीको स्वास्थ्य सुधारोन्मुख सुनचाँदीको मूल्य बढ्यो जेनजी आन्दोलनमा क्षतिग्रस्त आश्रममा किसुनजीको १०२औँ जन्मजयन्ती नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना वैदेशिक रोजगार व्यवसायीद्वारा सरकारी निर्णयको स्वागत ठगीको अभियोगमा पक्राउ उत्तरपूर्वी पाकिस्तानमा आक्रमण, पाँच जना प्रहरीको मृत्यु