एजेन्सी | साइप्रसमा दुई नेपालीमाथि छुरा प्रहार भएको छ ।
लिमासोलको आयोस एन्ड्रियास क्षेत्रमा आइतबार बिहान करिब चार बजे रगतले लतपतिएको अवस्थामा दुई नेपाली घाइते अवस्थामा भेटिएको साइप्रसको एक सञ्चारमाध्यमले जनाएको छ ।
घाइते हुनेमा ३३ वर्षीय र अर्का २५ वर्षीय युवक छन् । उनीहरूको परिचय खुलाइएको छैन ।
हाल उनीहरुको लिमासोल जनरल अस्पतालमा उपचार भइरहेको स्थानीय प्रहरीले जनाएको छ ।
उनीहरुको ढाडमा दुई पटक धारिलो हतियारले छुरा प्रहार भएको पाइएको छ । तर, गम्भिर चोट लागेपनि खतरा भन्दा बाहिर रहेको बताइएको छ ।
अहिलेसम्म कसले छुरा प्रहार गरेको खुलेको छैन । अफ्रिकी मूलको व्यक्तिले घटना घटाएको हुनसक्ने प्रहरीको अनुमान छ । लिमासोल सीआईडीले घटनाको अनुसन्धान गरिरहेको छ ।