Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्रवास

यूएईमा मृत्युदण्ड सुनाइएका धादिङका पहलमान पनि फर्किए नेपाल

२०८१, १६ श्रावण बुधबार ०८:१४

साउन १६, काठमाडौँ । संयुक्त अरब एमिरेट्स (यूएई) मा मृत्युदण्ड सुनाइएका धादिङको नेत्रावती- ४ का पहलमान थापा मगर पनि नेपाल फर्किएका छन्। पहलमान बुधबार बिहान काठमाडाैँ आइपुगेका उनका मामा तेज आलेले जानकारी दिए। 

पहलमानसँगै एउटै मुद्दामा जेल परेका ओखलढुंगाको चिसङ्खुगढीका भुवन श्रेष्ठ भने गत बिहीबार नै काठमाडौँ आइसकेका थिए। 

नवलपरासीको मध्यविन्दु ११ का बाबुराम आले मगरको हत्या गरेको आरोपमा त्यहाँको अदालतले उनीहरुलाई मृत्युदण्ड सुनाएको थियो।

 

तर त्यहाँको कानुन अनुसार मृतकका परिवारले ब्लडमनी स्वीकार गरेपछि एक करोड ८ लाख रुपैयाँ पीडित परिवारलाई बुझाएपछि उनीहरुको मृत्युदण्डको सजाय टरेको हो। 

दुई परिवारले तीन लाख युएई दिराम बराबरको (एक करोड ८ लाख रुपैयाँ) बुझाएपछि जेलमुक्त भएर नेपाल फर्किएका हुन्। 

पहलमानको पासपोर्टको म्याद सकिएकाले दूतावासले आवश्यक कागजात प्रक्रिया पूरा गरेर नेपाल फर्काइदिएको तेजले बताए। 

यूएईमा सँगै काम गर्ने नवलपुरको मध्यविन्दु नगरपालिका ११ का बाबुराम आले मगर, ओखलढुंगाको चिसङ्खुगढी गाउँपालिका ३ का भुवन श्रेष्ठ र धादिङको नेत्रावती डबजोङ गाउँपालिका ४ का पहलमान थापा मगरबीच झगडा भएको थियो। 

२०७६ जेठ २० गतेको झगडामा भुवन र पहलमानले बाबुरामलाई चक्कु प्रहार गरेको आरोप छ। उपचारका लागि लैजाँदै गर्दा बाबुरामको मृत्यु भएपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो। 

श्रीमानको मृत्यु भएपछि नरिमा आले मगरले प्रहरीमा जाहेरी दिएकी थिइन्। उनको जाहेरीपछि प्रहरीले भुवन र पहलमानलाई पक्राउ गरेर अनुसन्धान गरेको थियो। अनुसन्धानका क्रममा उनीहरूले पनि हत्या गरेको स्वीकार गरेको र अदालतले दोषी ठहर गर्दै सजाए सुनाएको थियो।

यूएईको तल्लो अदालतको फैसलाविरुद्ध उनीहरूले अपिल कोर्टमा निवेदन गरेका थिए। माथिल्लो अदालतमा मुद्दा विचाराधीन भइरहँदा नेपालमा मृतकका परिवार र दोषी ठहर व्यक्तिका परिवारबीच ब्लडमनीमा सहमति जुटेको थियो। 

सहमती अनुसार उनीहरुले उक्त रकम जुटाउन अभियान चलाएका थिए। देश तथा विदेशमा रहेका नेपालीले सहयोग गरेपछि पीडित परिवारलाई रकम बुझाएर उनीहरु फर्किन सफल भएका हुन्। 

उनीहरूको सहमति अनुसार नेपालमै रकम लेनदेन गरेर कन्सुलर सेवा विभाग मार्फत कागजात युएई पठाइएको थियो। 

उक्त कागजात दूतावास हुँदै अदालतमा पठाएपछि अदालतबाट मुद्दा फिर्ता भएको हो।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान