२०८३, ३० बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

बंगलादेशका नयाँ सरकारले ७ देशका राजदुतलाई बोलायो फिर्ता

२०८१, ३२ श्रावण शुक्रबार ०३:३६

साउन ३२, ढाका | बंगलादेशले अघिल्लो अवामी लिग सरकारले करारमा नियुक्त गरेका ७ राजदूतलाई तत्काल स्वदेश फर्कन निर्देशन दिएको छ ।

जसमा वासिङ्टनका लागि राजदूत मोहम्मद इमरान, रुसका लागि राजदूत कमरुल हसन, साउदी अरबका लागि राजदूत जावेद पटवारी, जापानका लागि राजदूत शाहबुद्दीन अहमद, जर्मनीका लागि राजदूत मोशर्रफ हुसेन भुइया, युएईका लागि राजदूत अबु जफर र उच्चायुक्त रियर एडमिरल एसएम अबुल कलाम रहेका छन् ।

परराष्ट्र मन्त्रालयले उनीहरूलाई आफ्नो वर्तमान जिम्मेवारी त्यागेर तुरुन्तै ढाकास्थित मुख्यालयमा फर्किन उनीहरूलाई छुट्टाछुट्टै सूचना पठाएको बंगलादेशका सञ्चारमाध्यमले जनाएका छन् ।

राजदूतबाहेक वासिङ्गटनमा फर्स्ट सेक्रेटरी वाहिदुज्जमान नूर र काउन्सिलर अरिफा रहमान रुमा, क्यानडाको ओटावामा काउन्सिलर अपर्णा रानी पाल र काउन्सिलर मोबाश्विरा फरजाना मिथिला र न्यूयोर्कमा थर्ड सेक्रेटरी असिब उद्दिन अहमदलाई पनि फिर्ता बोलाइएको छ ।

अगस्ट ८ मा अन्तरिम सरकार गठन भएपछि बंगलादेशमा ठूलो प्रशासनिक फेरबदल भइरहेको बेला राजदुतहरुलाई फिर्ता बोलाएको हो |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्याक्टर दुर्घटनामा किशोरको मृत्यु मन्त्रिपरिषद् बैठकका निर्णयहरू मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो नेपाल स्कटल्यान्डसँग २ रनले पराजित प्रतिनिधिसभाका सचिव हर्कराज राई पदमुक्त प्रतिनिधिसभा बैठक स्थगित हारेकाले फेरि जित्छन्, त्यसका लागि संकल्प आवश्यक छ: शंकर पोखरेल नेप्से परिसूचक ३९.४४ अंकले घट्यो नेपालले पायो २४४ रनको लक्ष्य अर्घाखाँचीमा बस दुर्घटना हुँदा २४ जना घाइते संसद भवन हजारौं सहीदको रगतको जगमा बनेको छ: प्रचण्ड धेरै सांसद नीतिगत भन्दा बजेटको विषयलाई लिएर भेट्न आउनु हुन्छ: अर्थमन्त्री वाग्ले प्रतिनिधिसभा बैठक बस्दै संसद्लाई सम्बोधन गर्दै प्रचण्ड १ केजी ५७७ ग्राम चाँदी जस्तो देखिने सेतो धातु सहित एकजना युवक पक्राउ सुनचाँदीको मूल्य बढ्यो चुनावमा कांग्रेसका लागि हारजित ठूलो कुरा होइन: विश्वप्रकाश शर्मा प्राविधिक समस्या नआए आजै एसईईको नतिजा आउने सुकुमवासी बस्ती हटाउने क्रममा ज्यान गुमाएका नागरिकको जिम्मा सरकारले लिनुपर्छ: खुश्बू ओली