2026-09-27 08:10 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

विश्वका ५० करोड बालबालिका अत्यधिक गर्मीले प्रभावित

भदौ १, काठमाडौँ । संयुक्त राष्ट्र बाल एजेन्सीका कार्यकारी निर्देशक क्याथरिन रसेलले अत्याधिक गर्मी बढ्दै गएकाले बालबालिकाको स्वास्थ्य, जीवनशैली र दैनिकीमा बाधा पुर्याइरहेको बताएकी छन् ।

युनिसेफको प्रतिवेदनले १९६० र २०२० देखि २०२४ सम्मको ३५ डिग्री सेल्सियस (९५ डिग्री फरेनहाइट) भन्दा माथिको तापक्रमका दिनहरू चरम तातो दिनहरूको संख्यालाई तुलना गरेको छ । प्रतिवेदनले चरम गर्मी दिनहरूको संख्यामा वृद्धिको गति र मापनको बारेमा गम्भीर चिन्ता व्यक्त गरेको छ, जसले विश्वभरका करिब ५० करोड बालबालिकालाई असर गरिरहेको छ । तीमध्ये धेरै बालबालिकासँग यो गर्मीसँग लड्न पर्याप्त सेवाहरू छैनन् ।

युनिसेफको प्रतिवेदनले देश-स्तरको तथ्याङ्कको जाँच गर्दा छ, दशकअघिको तुलनामा अहिले १६ देशका बालबालिकाले एक महिनाभन्दा बढी चर्को तातो दिन अनुभव गर्ने गरेको पाइएको छ । उदाहरणका लागि, दक्षिण सुडानका बालबालिकाहरूले यस दशकमा औसत १६५ अत्यधिक तातो दिनहरूको सामना गरेका छन् । १९६० मा त्यस्ता दिनहरूको संख्या ११० थियो । पाराग्वेमा अत्यन्त तातो दिनको संख्या सन् १९६० मा ३६ बाट बढेर ७१ पुगेको छ ।

विश्वव्यापी रूपमा, पश्चिम र मध्य अफ्रिकामा अत्यधिक गर्मीका दिनहरू रेकर्ड गरिएको छ, लगभग १२३ मिलियन बालबालिका अत्यधिक गर्मीबाट प्रभावित छन् । यो क्षेत्रका कुल बालबालिकाको ३९ प्रतिशत हो। अमेरिका र क्यारिबियनका करिब ४८ मिलियन बालबालिका ती क्षेत्रमा बसोबास गरिरहेका छन् जहाँ अत्यधिक तातो दिनको संख्या दोब्बर भएको छ । अत्यधिक गर्मीमा बस्दा शरीरमा ठूलो दबाब सिर्जना हुन्छ, जसले बालबालिकाको स्वास्थ्यमा धेरै खतरा निम्त्याउँछ।

अत्यधिक गर्मीले बालबालिकामा कुपोषण र गर्मी सम्बन्धी धेरै नसर्ने रोगहरू निम्त्याउँछ। बालबालिकामा चरम गर्मीमा हुने संक्रामक रोगहरू जस्तै मलेरिया र डेंगुको जोखिम बढेको छ । प्रमाणहरूले अत्यधिक गर्मीका कारण बालबालिकामा न्यूरो विकास, मानसिक स्वास्थ्य र समग्र जीवनको गुणस्तर पनि प्रभावित भइरहेको छ । 

युनिसेफका कार्यकारी निर्देशक क्याथरिन रसेल भन्छिन्, ‘बच्चाहरू साना वयस्कहरू होइनन्। तिनीहरूको शरीर चरम गर्मीमा धेरै संवेदनशील हुन्छ। बालबालिकाको शरीर धेरै चाँडो तातो हुन्छ, र तुलनात्मक रूपमा बिस्तारै चिसो हुन्छ ।

अत्यधिक गर्मी धेरै खतरनाक छ, विशेष गरी शिशुहरूको लागि, तिनीहरूको तीव्र हृदय गतिको कारण, यसरी बढ्दो तापक्रम बच्चाहरूको लागि अझ चिन्ताजनक छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह