२०८३, २९ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्रवास

कोरिया गएको ६ महिनामै अस्ताइन् इलामकी सोनु, तीन महिनाअघि मलेसियामा गुमाएकी थिइन् बुवा

२०८१, ४ भाद्र मंगलवार १०:२७

भदौ ४, इलाम । इलामको माई नगरपालिका–१ तिलटारकी २० वर्षीया सोनु श्रेष्ठको दक्षिण कोरियामा निधन भएको छ। अध्ययनको सिलसिलामा ६ महिनाअघि दक्षिण कोरिया गएकी श्रेष्ठको निधन भएको हो।

उनको परिवारले तीन महिनाबीचमा दुईवटा बज्रपात खेप्नु परेको छ । संयोग पनि कस्तो भने तीन महिनाबीचमा बाबुछोरी दुवैजनाले विदेशी भूमिमा ज्यान गुमाएका छन् । उनका बुवा लीललाकुमार श्रेष्ठले गत जेठमा मात्रै मलेसियामा कामको शिलशिलमा ज्यान गुमाए थिए ।


अध्ययनका लागि गत फेब्रुअरीमा दक्षिण कोरिया पुगेकी सोनुको निधन भएको पुष्टि इलाम-कोरिया जनसम्पर्क मञ्चका अध्यक्ष हरि खनालले गरेका छन् । उनको हृदयघाटबाट मृत्यु भएको हो। पोस्टमार्टम रिपोर्टले उनको मृत्यु हृदयघातका कारण भएको देखाएको छ। उनको शव आफन्तलाई समेत जिम्मा लगाइएको छ । शवको उल्सान अस्पतालमा पोस्टमार्टम गरिएको थियो। 

सोनुले कोरियामै प्राण त्यागेको खबर खनालमार्फत परिवारकहाँ पुगिसकेको छ । सोनु विद्यार्थी भिसा (डी२)मा पढ्नका लागि कोरिया पुगेकी थिइन् । सोनुको शव नेपाल पठाउन पहल गरिरहेको अध्यक्ष खनालले बताएका छन् । दु:खद संयोग कस्तो भने सोनुहरूकै भविष्य निर्माणका लागि केही वर्षअघि विदेशिएका बुवा लीलाकुमारले मलेसियामा प्राण त्यागेका थिए ।

खनालका अनुसार सोनुको शवको सोमबार पोस्टमार्टम गरिएको छ । उनका अनुसार पोस्टमार्टम रिपोर्ट भने आइसकेको छैन। ‘शव नेपाल पठाउने प्रक्रिया पूरामा छौँ,’ खनालले भने, ‘धेरै ठूलो खर्च लाग्ने अवस्था देखियो । १२ लाख रुपैयाँ लाग्ने भएपछि जुटाउन सक्रिय भएका छौँ ।’

बुवा र सोनु बितेपछि श्रेष्ठ परिवारको विचल्ली हुने अवस्था अवस्था आएको छ । यो परिवारमा अब सोनुकी आमा, भाइ र बहीनी मात्रै छन्। सोनुकी दिदी बिहे गरेर गइसकेकी छन् । बिहे गरेर गएकी दिदी र भिनाजु पनि कोरियामा रोजगाररत छन्।

सोनुलाई पढाएका भगवती सिद्ध प्राविका शिक्षक छत्र श्रेष्ठ उनी पढाईमा अब्बल भएको स्मरण गरेका छन् । ‘हामीले पढाएकी नानी सानैदेखि अब्बल थिइन्’, उनले भनेका छन्, ‘एउटी क्षमतावान विद्यार्थीलाई अल्पायुमै गुमाउनुपर्दा हामी स्तब्ध भएका छौँ ।’

सोनुकी आमा गाउँमै खेती गरेर जीविकोपार्जन गरिरहेकी छन् । सोनुका भाइ कक्षा ७ र बहिनी कक्षा १२ मा पढिरहेका छन् ।

छोटो समयबीचमा लीला र सोनु बितेपछि माई-१ स्थित उनीहरूको गाउँ शोकमग्न छ । परिवारमा रुवाबासी चलेको छ ।

सोनुको शव नेपाल पठाउनका लागि अहिले नेपाली विद्यार्थी समाज कोरियाको बैंक एकाउन्टमा चन्दा संकलन थालिएको छ। माई नगरपालिका-१ का अध्यक्ष रामबहादुर राईले सोनुको शव ल्याउने विषयमा दक्षिण कोरियास्थित इलाम समाजका सदस्यहरूसँग कुरा भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अर्घाखाँचीमा बस दुर्घटना हुँदा २४ जना घाइते संसद भवन हजारौं सहीदको रगतको जगमा बनेको छ: प्रचण्ड धेरै सांसद नीतिगत भन्दा बजेटको विषयलाई लिएर भेट्न आउनु हुन्छ: अर्थमन्त्री वाग्ले प्रतिनिधिसभा बैठक बस्दै संसद्लाई सम्बोधन गर्दै प्रचण्ड १ केजी ५७७ ग्राम चाँदी जस्तो देखिने सेतो धातु सहित एकजना युवक पक्राउ सुनचाँदीको मूल्य बढ्यो चुनावमा कांग्रेसका लागि हारजित ठूलो कुरा होइन: विश्वप्रकाश शर्मा प्राविधिक समस्या नआए आजै एसईईको नतिजा आउने सुकुमवासी बस्ती हटाउने क्रममा ज्यान गुमाएका नागरिकको जिम्मा सरकारले लिनुपर्छ: खुश्बू ओली राष्ट्रपतिबाट नीति तथा कार्यक्रम प्रस्तुत प्रतिनिधिसभाको बैठकमा आठ अध्यादेश पेश प्रतिनिधिसभा बैठक फेरि ५ बजे बस्नेगरी स्थगित प्रधानमन्त्रीका तर्फबाट कानुनमन्त्रीद्वारा तीन अध्यादेश पेस सीमा बचाउन नसक्ने तर सेनाको दुरुपयोग गरेर आफ्नै गरिब जनतामा आतंक फैलाउनुको कारण के हो ?: हर्क साम्पाङ प्रधानमन्त्री नआएपछि कांग्रेसद्वारा राज्य व्यवस्था समिति बैठक बहिष्कार प्रतिनिधि सभाको बैठक सुरु हुनासाथ विपक्षी दलहरूले उठेर विरोध जनाए बर्दियामा बस दुर्घटना हुँदा १० जना घाइते मन्त्रिपरिषद् बैठकबाट नीति तथा कार्यक्रम पारित मोटरसाइकलले ठक्कर दिँदा दुई जनाको मृत्यु