२०८३, ३० बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

भारतीय प्रधानमन्त्री मोदी किन जाँदै छन् युक्रेन ?

२०८१, ५ भाद्र बुधबार ०७:१८

भदौ ५, एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने पोल्यान्ड र युक्रेन भ्रमणका क्रममा बुधबार पोल्याण्डतर्फ प्रस्थान गरेका छन्।

कूटनीतिक सम्बन्धको ७० वर्ष पूरा गरेको अवसरमा भ्रमणका लागि नयाँ दिल्लीबाट पोल्याण्ड प्रस्थान गर्नुअघि प्रधानमन्त्री मोदीले आगामी दिनमा दुई देशसँगको सम्बन्ध जीवन्त बनाउन तत्पर रहेको बताए‍ ।

यसैक्रममा उनले पोल्याण्ड मध्य युरोपको प्रमुख आर्थिक साझेदार रहेको जनाउँदै लोकतन्त्र र बहुलवादप्रति आपसी प्रतिबद्धताले सम्बन्धलाई अझ सुदृढ पार्ने उल्लेख गरे ।


उनले प्रधानमन्त्री डोनाल्ड टस्क र राष्ट्रपति आन्द्रेज डुडालाई भेटवार्ता गरी साझेदारीलाई अगाडि बढाउनका लागि उत्सुक रहेको बताउँदै पोल्यान्डमा भारतीय समुदायसँग पनि साक्षातकार हुने विज्ञप्तिमार्फत उल्लेख गरेका छन् ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको निमन्त्रणामा पोल्यान्ड भ्रमणपछि उनी युक्रेन जाने कार्यक्रम तय भएको छ । भारतीय प्रधानमन्त्री मोदीको यो पहिलो युक्रेन भ्रमण हुनेछ ।

युक्रेनमा जारी द्वन्द्वको शान्तिपूर्ण समाधानका लागि द्विपक्षीय सहयोगलाई बलियो बनाउन राष्ट्रपति जेलेन्स्कीसँग पहिलेको सम्झौतालाई अगाडि बढाउने अवसरको प्रतिक्षामा रहेको प्रधानमन्त्री मोदीले बताए ।

प्रधानमन्त्री मादीले भ्रमणले दुई देशसँगको सम्पर्कको निरन्तरताको रूपमा काम गरी आगामी दिनमा जीवन्त सम्बन्धको जग निर्माण गर्न मद्दत गर्ने बताए ।

प्रधानमन्त्री मोदीलाई वार्सामा औपचारिक स्वागत गरिनेछ । पोल्यान्डको भ्रमणपछि, प्रधानमन्त्री मोदी युक्रेनको भ्रमणमा जाने कार्यक्रम तय भएको छ । युक्रेनमा युक्रेनी नेतृत्वसँग जारी युक्रेन द्वन्द्वको शान्तिपूर्ण समाधानउन्मुख वार्ता गर्ने जनाइएको छ ।

प्रधानमन्त्री मोदी पोल्याण्ड र युक्रेनको भ्रमणको उदेश्यमा नेतृत्वसँग छलफल, भारतीय समुदाय, व्यापारीसँगको अन्तरक्रिया समावेश भएको विदेश मन्त्रालयका आधिकारिक प्रवक्ता रणधीर जयस्वालले सामाजिक सञ्जाल एक्समार्फत जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल स्कटल्यान्डसँग २ रनले पराजित प्रतिनिधिसभाका सचिव हर्कराज राई पदमुक्त प्रतिनिधिसभा बैठक स्थगित हारेकाले फेरि जित्छन्, त्यसका लागि संकल्प आवश्यक छ: शंकर पोखरेल नेप्से परिसूचक ३९.४४ अंकले घट्यो नेपालले पायो २४४ रनको लक्ष्य अर्घाखाँचीमा बस दुर्घटना हुँदा २४ जना घाइते संसद भवन हजारौं सहीदको रगतको जगमा बनेको छ: प्रचण्ड धेरै सांसद नीतिगत भन्दा बजेटको विषयलाई लिएर भेट्न आउनु हुन्छ: अर्थमन्त्री वाग्ले प्रतिनिधिसभा बैठक बस्दै संसद्लाई सम्बोधन गर्दै प्रचण्ड १ केजी ५७७ ग्राम चाँदी जस्तो देखिने सेतो धातु सहित एकजना युवक पक्राउ सुनचाँदीको मूल्य बढ्यो चुनावमा कांग्रेसका लागि हारजित ठूलो कुरा होइन: विश्वप्रकाश शर्मा प्राविधिक समस्या नआए आजै एसईईको नतिजा आउने सुकुमवासी बस्ती हटाउने क्रममा ज्यान गुमाएका नागरिकको जिम्मा सरकारले लिनुपर्छ: खुश्बू ओली राष्ट्रपतिबाट नीति तथा कार्यक्रम प्रस्तुत प्रतिनिधिसभाको बैठकमा आठ अध्यादेश पेश प्रतिनिधिसभा बैठक फेरि ५ बजे बस्नेगरी स्थगित प्रधानमन्त्रीका तर्फबाट कानुनमन्त्रीद्वारा तीन अध्यादेश पेस