2026-07-24 07:03 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

मुम्बईबाट उडेको एयर इन्डियाको विमानमा बम राखेको धम्की

भदौ ६, काठमाडौँ ।  बिहीबार मुम्बईबाट उडेको एयर इन्डियाको विमानमा बम राखिएको धम्की प्राप्त भएको छ । विमान मुम्बईबाट तिरुवनन्तपुरम जाँदै थियो । धम्की पाएलगत्तै विमानलाई तिरुवनन्तपुरम अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गरियो । 

जहाज विमानस्थलको नजिक पुग्नै लाग्दा बिहान ७ः ३० बजेतिर विमानमा बम राखिएको धम्की प्राप्त भएको थियो । जानकारी पाएलगत्तै विमानस्थलमा पूर्ण आपतकाल लगाइएको थियो । विमानस्थलसँग सम्बन्धित स्रोतका अनुसार बिहान करिब ८ बजे विमान अवतरण गरिएको थियो । १३५ यात्रुहरू सवार सो विमानलाई आइसोलेसन वे मा लगेर राखियो ।

बिहान ८ः४४ बजेभित्र एआई ६५७ बाट यात्रुहरूलाई सकुशल बाहिर निकालिसकेको थियो ।  तिरुवनन्तपुरम विमानस्थलमा जहाज अवतरण भएपछि मात्रै पाइलटले यात्रीहरूलाई बमको धम्की आएको भनेर जानकारी दिएका थिए ।

स्रोतका अनुसार सबै यात्रु र चालक दल सकुशल छन् । विमानस्थल सञ्चालनमा पनि कुनै अवरोध नआएको बताइएको छ ।

धम्की कसले दियो ? केमा आयो भन्ने जानकारी आउन सकेको छैन । यो घटनाबारे अनुसन्धान भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक