२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्रवास

ममता काफ्ले बेपत्ता प्रकरण : अझै भेटिएको छैन ठोस प्रमाण, के भन्छ प्रहरी ?

१२ भाद्र २०८१, बुधबार १०:००

भदौ १२, काठमाडौं । ममता काफ्ले बेपत्ता भएको एक महिना पुगेको छ । एक महिनायता उनलाई न कसैले देखेको छ, न उनको अवस्थाबारे कसैलाई जानकारी छ । अमेरिकास्थित भर्जिनियाको मनसास पार्क प्रहरीले उनको खोजी त गरिरहेको छ, तर ठोस उपलब्धि हासिल गर्न सकेको छैन ।

उनका श्रीमान् नरेश भट्टमाथि हत्याको आरोप लागेको छ । अगस्ट २२ मा नरेशमाथि ममताको हत्या गरेर शव लुकाएको अभियोग लगाइएको थियो । उनी २३ अगस्ट र २६ अगस्ट गरी दुईपटक प्रिन्स विलियम अदालतमा उपस्थित भइसकेका छन् ।

तर, नरेशले हत्याको आरोप निरन्तर अस्वीकार गर्दै आएका छन् । बरु आफैँ पीडित बनेको उनको दाबी छ । अर्कोतर्फ अनुसन्धान अधिकारीहरूले हत्याको संकेत गर्ने केही प्रमाणहरू फेला पारे पनि ठोस प्रमाण भेटाउन सकेका छैनन् ।


मानासस पार्कका प्रहरी प्रमुख मारियो लुगोले आफूहरूले सक्रियरूपमा ममताको खोजी गरिरहेको बताएका छन् । उनले आफूहरूले थप प्रमाणहरू फेला पारेको पनि बताएका छन् । तर, नयाँ प्रमाणबारे खोल्न नमिल्ने बताए ।

मानासस पार्कका प्रहरी प्रमुखले आफूहरूले एफबीआई, भन्सार सीमा गस्तीको टोली र जासुसी निकायसँग मिलेर अनुसन्धान गरिरहेको बताएका छन् ।

उनले आफूलाई अहिलेसम्म ममता जीवित रहेको विश्वासन नभएको पनि बताए । "भन्न त मन छैन, तर मलाई ममता जीवित रहेको लाग्दैन," उनले भनेका छन् ।

यसअघि, मंगलबार अदालतका सुनुवाइका क्रममा महेशले ममता बेपत्ता हुनु केही महिना अगाडि 'श्रीमतीको मृत्युपछि विवाह गर्न कति समय लाग्छ' भनेर गुगलमा खोजेको पाइएको तथ्य बाहिरिएको थियो ।

उनले आफूले काम गर्ने सरकारी कार्यालयको कम्प्युटरमा 'श्रीमतीको मृत्यु भएपछि विवाह गर्न कति समय लाग्छ' भनेर खोजेको पाइएको जनाइएको छ ।

अदालतमा अभियोजकहरूले नरेशले चान्टिलीको वालमार्टबाट तीनवटा चक्कु खरिद गरेको प्रमाण आफूहरूसँग रहेको पनि बताएका छन् ।

गत हप्तामात्र अनुसन्धान अधिकारीहरूले उनको उत्तरी भर्जिनियाको घरमा खानतलासी गर्दा ममताको हत्या गरिएको संकेत भेटाएका थिए । अदालतमा अभियोजनकर्ता सारा सामीले मास्टर बेडरुम र बाथरुममा देखिएको रगतको मात्राले ममता अब जीवित नरहेको संकेत गर्ने बताएकी थिइन् ।

तर, परीक्षणबाट उनीहरूको घरमा भेटिएको रगत ममताको हो/होइन भन्ने पुष्टि हुन सकेको छैन । तर, प्रारम्भिक परीक्षणमा मानव रगत भएको निष्कर्ष निकालिएको छ ।

ममता आफ्ना साथीहरू र परिवारसँग नियमितरूपमा सम्पर्कमै रहन्थिन् । उनी सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय थिइन् । तर, जुलाई २९ मा उनको फोन बन्द भयो । त्यसपछि अन्तिमपटक अगस्ट १ मा उनको फोन लोकेट गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह