२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्रवास

मुना पाण्डेको हत्या : हत्यारा बबी साह को हुन् ?

२०८१, १७ भाद्र सोमबार ०८:२१

भदौ १७, काठमाडौँ । अमेरिकाको ह्यूस्टनमा २१ वर्षिया नेपाली विद्यार्थी मुना पाण्डेको हत्या भएपश्चात प्रहरी अनुसन्धान जारी छ । हत्यारा बबी सिंह साह पक्राउ परिसकेका छन् ।

साहलाई शुक्रबार अदालतमा पेश गरिएको थियो । उनीमाथि दुईवटा अभियोग छन् । पहिलो अवैधरुपमा हातहतियार बोकेको र दोस्रो हत्या गरेको । अवैध हातहतियारको अभियोगमा शुक्रबार पहिलो सुनवाइ भएको हो । हत्या अभियोगको सुनवाइ मंगलबारका लागि तोकिएको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा यो हत्या डकैति वा लुटपाटका लागि भएको देखिएको थियो । यद्यपि, अदालतमा पेश गरिएका कागजातहरुमा बबी साह मुनासँग पहिल्यैदेखि परिचित रहेको दाबी गरिएको छ । यसलाई मुनाका निकटस्थले पनि पुष्टि गरेका छन् ।

मुना विगतमा काठमाडौं करी रेस्टुरेन्टमा काम गर्दा साहले उनलाई देखेका थिए । साह बारम्बार त्यस रेस्टुरेन्टमा आउने र लामो समय बिताउने गरेको प्रत्यक्षदर्शीहरुको भनाइ छ । ‘साह बारम्बार आउँथे र महिला कामदारसँग कुरा गर्ने गर्थे । उनीहरुलाई टिप्स पनि दिन्थे’, रेस्टुरेन्टका म्यानेजरलाई उदृत गर्दै समाचारमा जनाइएको छ ।

मुनासँगै एउटा मोबाइल स्टोरमा काम गर्ने र आफूलाई मुनाको दाइजस्तै मान्ने एक पुरुष साथीले स्थानीय सञ्चारमाध्यमसँग कुरा गर्दै मुना शनिबार राति ८ः ०५ बजे स्टोरबाट निस्किएको बताए ।

‘उनी कलेज पढ्थिन् र मसँगै काम पनि गर्थिन् । काममा एकदमै मेहनेती थिइन् । सबैले उनलाई मन पराउँथे’, उनी भन्छन्, ‘शनिबार राति ८ः०५ बजे कामबाट निस्केकी थिइन् ।’

त्यस रात आफूले बारम्बार गरेको टेक्स्ट म्यासेजको जवाफ नदिएको उनले बताए । मुना स्टोरबाट निस्किएको दुई घन्टापछि बबी साह मुनाको अपार्टमेन्टबाट निस्किएको दृष्य सीसीटीभी क्यामरामा कैद भएको थियो । निस्किनुअघि साहले मुनालाई चार गोली हानेका थिए, जसमध्ये एउटा गोली टाउकोमा लागेको थियो ।

केही सञ्चारमाध्यममा दाबी गरिएअनुसार अपार्टमेन्टमा पस्दै गर्दा मुनाको हातमा झोला र सामानहरु थिए । ढोकामा पस्ने बेला बबी र मुनाको वादविवाद भएको थियो । बबी जबरजस्ति भित्र पसेर ढोका लगाएका थिए । त्यसको केही समयमै गोली प्रहार भएको थियो ।

बबीले मुनालाई दुर्व्यवहार गर्न खोजेको र प्रतिवाद गर्दा गोली चलाएको हुनसक्ने आशंका पनि कतिपयले गरेका छन् । तर, प्रहरीले यसबारे केही बताएको छैन । कलेज पढ्ने विद्यार्थीमाथि लुटपाटका लागि मात्रै हत्या गरेको नहुनसक्ने विश्लेषण नेपाली समूदायले गरेका छन् ।


बबी साह भारतीय मुलका अमेरिकी नागरिक भएको समाचारहरुमा जनाएको छ । केही चाहिँ उनी विगतमा काठमाडौंमा समेत बसोबास गरेको र नेपाली नागरिकता पनि लिएको हुनसक्ने आशंका गरेका छन् ।

साह आपराधिक मात्र नभएर चारित्रकरुपमा पनि पतित व्यक्ति भएको पाइएको छ । उनी ‘सुगर ड्याडी’ नामक डेटिङ एपमा दर्ता रहेका र राम्री–राम्री युवतीहरुको खोजीमा रहने गरेको विभिन्न सञ्चारमाध्यमले जनाएका छन् । उनको तस्बिर सार्वजनिक गरिएलगत्तै एक महिलाले निज व्यक्तिलाई आफूले सुगर ड्याडी एपमा भेटेको सूचना प्रहरीलाई दिएकी थिइन् ।

साहले मुनासँग नजिकिने प्रयास गरिरहे पनि उनीहरु आपसी सम्बन्धमा रहेको कुनै संकेत देखिएको छैन । मुना एक २५ वर्षीय अमेरिकी युवकसँग प्रेममा थिइन् । गत पुस महिनामा आफ्नो जन्मदिनको पार्टीका क्रममा पल्लो टेबलमा खाइरहेका ती युवकले मुनालाई मन पराएका थिए ।

पछि उनले प्रपोज गरेको र मुनाले पनि स्वीकारेको उनकी आमा अनिता पाण्डेल बताएकी छन् । यद्यपि, पछिल्लो समय प्रेमीसँग मुनाको सम्वन्ध बिग्रको उनको भनाइ छ ।

‘सुरुमा बिहेको कुरा गर्थी, मैले हेराएर मात्र गर्नुपर्छ है नानी भनेकी थिएँ’, सञ्चारकर्मीसँग कुरा गर्दै अनिताले भनिन्, ‘दुई–तीन महिना अगाडि त्यो केटाको व्यवहार मलाई त्यति ठिक लागेन मामु भनेकी थिइ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन