३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

समुद्रमा खस्यो भारतीय कोस्ट गार्डको हेलिकप्टर, ३ जना बेपत्ता

१८ भाद्र २०८१, मंगलवार ११:२६

भदौ १८,  काठमाडौँ । भारतीय कोस्ट गार्ड (आईसीजी) को एक उन्नत लाइट हेलिकप्टर (ध्रुव) गुजरातको पोरबन्दर तटनजिक अरब सागरमा खसेको छ। हेलिकप्टरमा रहेका ४ जना चालक दलका सदस्यमध्ये ३ जना बेपत्ता छन् । एकजनाको उद्धार गरिएको छ । 

हेलिकप्टरको भग्नावशेष फेला परेको छ । घटना सोमबार भएको हो। आईसीजी ले मंगलबार बिहान सोशल मिडिया प्लेटफर्म एक्समा दुर्घटनाको बारेमा जानकारी गराएको हो ।

अधिकारीहरूका अनुसार हेलिकप्टर पोरबन्दर तटबाट ४५ किलोमिटर टाढा एक कार्गो जहाजमा उद्धार अभियानको लागि गएको थियो। हेलिकप्टरमा २ जना पाइलट र २ गोताखोर सवार थिए । जसमध्ये १ जना गोताखोरको उद्धार गरिएको छ ।

गार्डले दुई पाइलट र एक गोताखोरको खोजीका लागि ४ जहाज र २ वटा विमान पठाएको बताएको छ । हेलिकप्टरले हालै गुजरातको बाढी प्रभावित क्षेत्रबाट ६७ जनालाई उद्धार गरेको थियो।

कोस्ट गार्डका अनुसार कार्गो जहाज हरिलीलाका चालक दलका सदस्य घाइते भएका छन् । उनलाई उद्धार गर्न सोमबार राति ११ बजे हेलिकप्टर गएको थियो 

उन्नत लाइट हेलिकप्टर (एएलएच) लाई ध्रुव पनि भनिन्छ। कोस्ट गार्ड, सेना र नौसेना सबैले यसको प्रयोग गर्छन् । यसको निर्माण कम्पनी हिन्दुस्तान एरोनटिक्स लिमिटेड (एचएएल) ले हालै सेनाको एएचएल फ्लीटमा सुरक्षा सम्बन्धी महत्त्वपूर्ण अपग्रेडहरू गरेको थियो ।

गत वर्ष ध्रुव हेलिकप्टर डिजाइनमा समस्याका कारण धेरै दुर्घटनामा परेपछि यसको सुरक्षामा प्रश्न उठेको थियो । २०२३ को मे महिनामा सेनाले ध्रुव हेलिकप्टरको सञ्चालन एक महिनाका लागि रोकेको थियो । 

मार्चमा नौसेना र तटरक्षकले ध्रुव हेलिकप्टरको आफ्नो फ्लीट सञ्चालनमा रोक लगाएका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र ‘दुई सय ८ रोपनी सार्वजनिक जग्गा फिर्ता’ सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक एमाले अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता कतार लैजाने तयारीमा खगेन्द्र प्रसाद र रूद्रकली हात्ती अष्ट्रेलियाको बोन्डी समुद्र तटमा भएको गोली हानाहानमा १६ जनाको मृत्यु, ४० घाइते स्रोत नखुलेको चार लाख बढी रकमसहित एक पक्राउ नेपाली शान्ति सैनिकको अदलीबदली महानगरको प्राथमिकतामा खर्च कटौती, पुँजीगत लगानी र सेवा सुधारः प्रमुख बालेन्द्र शाह मादी नदीमा महिलाको शव फेला दृढ अठोट र ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो छ : राष्ट्रपति पौडेल सरकारले राजनीतिक दलसँग घनिष्ट संवाद गर्नुपर्छ : पूर्व प्रधानमन्त्री नेपाल कांग्रेस देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति होः महामन्त्री थापा यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ छ : गृहमन्त्री अर्याल चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन