२०८३, २९ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्रवास

मुना पाण्डेको हत्या: हत्यारा शाहलाई जमानत दिन अदालतले गरे अस्वीकार

२०८१, १९ भाद्र बुधबार ०३:०३

भदौ १९, काठमाडौं । अमेरिकामा नेपाली युवती मुना पाण्डेलाई गोली हानेर हत्या गरेको आरोपमा पक्राउ परेका बबिसिंह शाहलाई अदालतले जमानत दिन अस्वीकार गरेको छ ।

शाहलाई सेप्टेम्बर ३ मा अदालतमा प्रस्तुत गरिएको थियो । अदालतले शाहविरुद्ध हत्याको यथेष्ट प्रमाण रहेको भन्दै जमानत दिन अस्वीकार गरेको  अमेरिकामा नेपाली पत्रकारहरुले संचालन गरेको पोर्टल नेप्योर्कले उल्लेख गरेको छ ।

अदालतमा पेश गरिएको विवरणमा शाह भारतीय मूलको रहेको र उनको जन्मस्थान भने स्पष्ट रहेको छैन । उनको हाल अमेरिकी नागरिकता समेत नरहेको बताइएको छ । लुटपाटको उद्धेश्यले बबिसिंह मुनाको अपार्टमेन्टमा पुगेको र सोहि क्रममा गोली हानेर हत्या गरेको उल्लेख गरिएको छ ।

उनीमाथि मुनाको हत्या बाहेक गैरकानुनी हतियार राखेको मुद्धा समेत चलाइने  भएको छ । गैर कानुनी हत्याको मुद्धामा उनलाई सेप्टेम्बर ५ मा अदालतमा उपस्थित गराइने भएको छ । ५१ बर्षिय शाहलाई प्रहरीले तस्बीर सार्बजनिक भएपछि प्राप्त सूचनाका आधारमा ट्राफिकमा रोकिएको अवस्थामा पक्राउ गरेको थियो ।

शाह मुना मृत भेटिएको स्थानमा अगस्ट २४ को बेलुका ९ बजेर ४८ मिनेटमा देखिएपछि प्रहरीले तस्वीर सार्बजनिक गरेको थियो । अमेरिकाको टेक्सास राज्यको ह्युस्टनस्थित अपार्टमेण्टमा नेपाली विद्यार्थी मुना पाण्डेको गोली हानेर हत्या गरिएको अवस्थामा भेटिएकी थिइन् । 

नेपालमा भोजपुरकी २१ बर्षिय पाण्डे सन् २०२१ मा अध्ययनका लागि अमेरिका पुगेकी थिइन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधिसभा बैठक बस्दै संसद्लाई सम्बोधन गर्दै प्रचण्ड १ केजी ५७७ ग्राम चाँदी जस्तो देखिने सेतो धातु सहित एकजना युवक पक्राउ सुनचाँदीको मूल्य बढ्यो चुनावमा कांग्रेसका लागि हारजित ठूलो कुरा होइन: विश्वप्रकाश शर्मा प्राविधिक समस्या नआए आजै एसईईको नतिजा आउने सुकुमवासी बस्ती हटाउने क्रममा ज्यान गुमाएका नागरिकको जिम्मा सरकारले लिनुपर्छ: खुश्बू ओली राष्ट्रपतिबाट नीति तथा कार्यक्रम प्रस्तुत प्रतिनिधिसभाको बैठकमा आठ अध्यादेश पेश प्रतिनिधिसभा बैठक फेरि ५ बजे बस्नेगरी स्थगित प्रधानमन्त्रीका तर्फबाट कानुनमन्त्रीद्वारा तीन अध्यादेश पेस सीमा बचाउन नसक्ने तर सेनाको दुरुपयोग गरेर आफ्नै गरिब जनतामा आतंक फैलाउनुको कारण के हो ?: हर्क साम्पाङ प्रधानमन्त्री नआएपछि कांग्रेसद्वारा राज्य व्यवस्था समिति बैठक बहिष्कार प्रतिनिधि सभाको बैठक सुरु हुनासाथ विपक्षी दलहरूले उठेर विरोध जनाए बर्दियामा बस दुर्घटना हुँदा १० जना घाइते मन्त्रिपरिषद् बैठकबाट नीति तथा कार्यक्रम पारित मोटरसाइकलले ठक्कर दिँदा दुई जनाको मृत्यु मन्त्रिपरिषद् बैठक सुरु घट्यो सुनको मूल्य काठमाडौँसहित देशका केही स्थानमा वर्षा