२५ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

सुनिता र बुचलाई अन्तरिक्ष स्टेशनमा लिएर गएको यान खाली फर्कियो

२३ भाद्र २०८१, आईतवार ०२:५६

भदौ २३, काठमाडौँ । अन्तरिक्ष यात्री सुनिता विलियम्स र उनका साथी बुच विल्मोरलाई अन्तरिक्ष स्टेशनमा लैजाने यान ३ महिनापछि सुरक्षित रूपमा पृथ्वीमा अवतरण भएको छ ।

यसको अवतरण ३ वटा ठूला प्यारासुट र एयरब्यागको सहयोगमा भएको थियो । नासाका अनुसार अन्तरिक्षयान अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) बाट पृथ्वीमा पुग्न करिब ६ घण्टा लागेको थियो ।

स्टारलाइनरको यान अमेरिकाको न्यू मेक्सिकोको ह्वाइट स्यान्ड स्पेस हार्बर (मरुभूमि) मा अवतरण भएको थियो ।

बोइङ कम्पनीले नासाका लागि यो अन्तरिक्ष यान बनाएको हो । जुन ५ मा सुनिता र बुचलाई आईएसएसमा पठाइएको थियो । यो केवल ८ दिनको मिसन थियो, तर यसको सुरक्षित फिर्तीमा समस्या आएपछि सुनिता र बुचलाई आईएसएसमै छोडेर यो यान पृथ्वीमा फर्किएको छ ।

अन्तरिक्ष यानमा हिलियम ग्यास चुहावट भएको जानकारी आएको थियो । नासाले अगस्ट २४ मा स्टारलाइनरमा सुरक्षा समस्याका कारण बुच र सुनितालाई पृथ्वीमा फिर्ता ल्याउन नसकिने बताएको थियो ।

अब सुनिता र बुचलाई एलोन मस्कको कम्पनी स्पेसएक्सको क्रू ड्र्यागन स्पेसक्राफ्टले आगामी फेब्रुअरीमा मात्र फिर्ता ल्याइने बताइएको छ । नासाले भने अन्तरिक्ष यानमा भएको खराबी बारे नासा र बोइङबीचको संयुक्त टिमले अनुसन्धान गर्ने बताएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईंलाई तत्काल रिहा गर्न राप्रपाको माग निर्वाचनका लागि सुरक्षा सुदृढ बनाउन सरकार प्रतिवद्ध छ: गृहमन्त्री अर्याल चुनाव पछाडि फेरि कहीँ कतै आगो लाग्नु हुँदैन: गगन थापा यसपटक चितवन मात्र जितेर हुँदैन, देशैभरि जित्नुपर्ने अवस्था छ: रवि लामिछाने प्रधानमन्त्री कार्कीबाट अभिनेता सुनिल थापाको निधनप्रति दुख व्यक्त एघार हतियार बुझाइयो मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु वरिष्ठ कलाकार सुनिल थापाको निधन काठमाडौँमा चर्को आवाज निकाल्ने मोटरसाइकलमाथि कडा निगरानी मोटरसाइकल पार्किङको विषयमा झगडा हुँदा एक जनाको मृत्यु स्रोत नखुलेको रकमसहित एक जना पक्राउ भिड्न आउँछु भन्नेलाई म स्वागत गर्छु: केपी शर्मा ओली नेपाल–भारत सीमामा हतियारसहित एकजना पक्राउ नेपालको सबैभन्दा पुरानो पार्टी पनि कांग्रेस हो र सबैभन्दा नयाँ पार्टी पनि कांग्रेस नै हो: सभापति थापा सिरिन्ज आक्रमणबाट एक जनाको मृत्यु सामाजिक सञ्जाल विधेयक फिर्तासम्बन्धी प्रस्ताव राष्ट्रियसभामा प्रस्तुत हुँदै सुनचाँदीको मूल्य घट्यो कांग्रेसले कसैसँग चुनावी गठबन्धन गर्दैन: देवराज चालिसे कारको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु नेप्से परिसूचक २७.१९ अंकले बढ्यो